Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1600




पर्वतका ३ जना यूवाले गरे १६ बर्षिय यूवतीलाई बलत्कार
पर्वतका ३ जना यूवाले गरे १६ बर्षिय यूवतीलाई बलत्कार

चैत्र १५, पर्वत । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । 

 
बिहीबार कुश्मा नगरपालिका –४, छमर्केको एक होटल बाट स्ववियु सभापति शिशिर क्षेत्रीसहित ३ युवा पक्राउ परेका हुन् । बागलुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीसँगै बिहीबार दिउँसो ३ बजेदेखि खाजा खाँदै छमर्केमा रहेको न्यू सेवा गेष्ट हाउसमा बसेका कुश्मा नगरपालिका –१, पाङ सहस्रधाराका शिशिर क्षेत्रीसहित, कुश्मा नगरपालिका –५, मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका –६, देवीस्थानका सौगात शर्मा पौडेलले युवतीमाथि जबरजस्ती करणी गरेका हुन् । दुई युवतीमध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा घर भएकी १६ वर्षीया युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जबरजस्ती करणी गरेको बुझिएको प्रहरीले बताएको छ । 

 
भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरुसहित एक युवतीसँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । घटनाको अनुसन्धानका लागि होटल सञ्चालक शेरबहादुर हमाल पनि पक्राउ परेका छन्। चारै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 
 
पीडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित युवतीका आफन्तहरुलाई बोलाएर जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताउनुभयो । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)