Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1650




राज्यको कर निति दोहोरो हुँदा व्यापारीहरु मर्कामा
राज्यको कर निति दोहोरो हुँदा व्यापारीहरु मर्कामा

रोशन तिवारी चैत १७ पर्वत । राज्यको कर निति दोहोरो हुँदा व्यापारीहरु मर्कामा पर्ने गरेको पर्वतका व्यवसायीहरुले बताएका छन् । सरकारको अस्पष्ट नीतिका कारण ठुलो समस्या भोग्नुपरेको बताउँदै राज्यको दोहोरो कर नितिका तत्काल हटाउन पर्ने व्यवसायीहरुको माग छ । 

पर्वतको कुश्मामा कर प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै सहभागीहरुले राज्यको दोहोरो कर नितिका कारण आफुहरु मर्कामा परेको बताए । राज्यले कर ऐन अन्र्तगत समावेश भएका नितिहरुले व्यापारीक हित र संरक्षण भन्दा सरकार र स्थानिय तहले राजस्व असुलीलाई मात्रै ख्याल राखिएको व्यवसायीहरुको गुनासो छ । 

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेदीले कर तिर्नु प्रत्येक नागरिकको दायित्व भएकाले सबैले आफ्नो कर्तव्य मात्रै पुरा गरिदिए सबै समस्या समाधान हुने बताउनु भयो । उप्रेदीले राज्य निती र नैतिकताले चल्ने भएकाले निती मात्र बनाएर केही नहुने र त्यसलाई सबैले नैतीकताका साथ पालना गर्नुपर्ने बताउनु भयो । देश विकासका नाममा सबै नागरिक लाग्न पर्नेमा जोड दिँदै कर तिरेमात्र राज्य बलियो हुने र यसैकरले देशको विकास हुने बताउनु भयो । 

साथै व्यवसाय वा कुनै पनि आय आर्जन गरेबापत पारदर्शी ढंगले हिसाव किताव राखेर कर तिर्नुपर्ने बताउनु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो । 

आन्तरिक राजश्व कार्यालय पोखराको सहयोग र पर्वत उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा कुश्मा बजारका व्यवसायीहरुको उपस्थिती रहेको थियो । उक्ता कार्यक्रमको सहजिकरण आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत बिजयप्रसाद लामिछानेले गर्नुभएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघ पर्वतका कार्य समिति सदस्य ठाकुर वि.पौडेलले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)