Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1795




कुश्मा नगरपालिकाद्धारा पञ्चेबाजा बितरण
कुश्मा नगरपालिकाद्धारा पञ्चेबाजा बितरण


रोशन तिवारी चैत १९ पर्वत । परम्परागत पञ्चेबाजा लोप हुन नदिन कुश्मा नगरपालिकाले चासो दिँदै बाजा समूहलाई पञ्चेबाजा उपलब्ध गराउन थालेको छ । दलित सञ्जालका लागि बिनियोजित बजेट मार्फत पञ्चेवाजा खरिद गरेर नगरपालिकाले उपलब्ध गराएर बाजा संरक्षण थालेको हो । 


गत आर्थिक बर्ष २०७३÷७४ को बिनियोजित ७ लाख बजेटले पञ्चेवाजा बितरण गर्न थालिएको हो । आईतबार ततरकोट बाजा समूह कुश्मा नगरपालिका १ पाङलाई एक समूहमा आवश्यक बाजा बितरण गरिएको छ । संरक्षणको अभाव र यूवाको बिदेश पलायनले बाजा हराउन थालेकोमा यसको संरक्षण गर्न नगरपालिकाले निशुल्क बाजा उपलब्ध गराएको नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । यूवा पुस्ताहरु बिदेश पलायन हुँदा गाउँमा बाजा बजाउने समूहहरु हराउन थालेका छन् । यूवाहरुलाई बाजा बजाउन प्रेरित गर्न नगरपालिकाले बाजा दिएर सहयोग गर्न थालेको जोशीले बताउनुभयो ।  


नगरका पाँचवटा वडाका दलित समुदायलाई बितराण गर्ने लक्ष्य रहेको दलित सञ्जालका अध्यक्ष दुर्गा बहादुर नेपालीले बताउनुभयो । पाङ,खुर्कोट,दुर्लुङ,कटुवाचौपारी र पकुवालाई पहिलो चरणमा बितराण उनले बताए । चालु बर्ष अन्य वडाका बाजा समूहलाई सहयोग गर्ने योजना रहेको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)