Correspondent, ParbatNepal
8 years ago
1791
रोशन तिवारी चैत २२ पर्वत । जवरजस्ती करणी अपराध अनुसन्धान नियन्त्रणका लागि पर्वतमा तिन महिने अल्पकालिन कार्ययोजना तयार गरिएको छ । समाजमा बढ्दो करणी अपराधलाई न्यूनिकरण गर्न प्रहरीले सचेतना अभियान चलाउने भएको छ । जिल्ला प्रहरी कार्यालयले करणी अपराध न्यूनिकरणका लागि मातहतका प्रहरी ईकाई, बुद्धिजिवी, शैक्षिक जमातको सहकार्यमा कार्यक्रम गरिने भएको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा मंगलबार छलफल र अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले अभियानको बारेमा सरोकारवालाहरुलाई स्पष्ट पार्नुभयो ।
महिला तथा वालबालिका बिरुद्ध हुने अपराधले समाज र समग्र देशको शान्ति सुरक्षाको वास्तविक अवस्था , अपराध तथ्यांक विश्लेषण , जवरजस्ति करणीका घटनाहरु नियन्त्रण गर्न कार्यक्रमको आयोजना गरिएको घिमिरेले बताउनुभयो । जनचेतनामुलक कार्यक्रमहरु संचालन सम्वन्धी, घटित अपराध अनुसन्धानलाई थप प्रभावकारी वनाउनको लागी अनुसन्धानलाई वाह्य हस्तक्षेपवाट प्रभावित हुन नदिनको लागी सम्वन्धित सरोकारवाला निकाय संघ(संस्थाहरुसंग हातेमालो गरी योजनावद्ध रुपमा अगाडी वढ्ने विषयमा समेत सरोकारवाला संग छलफल भएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभएको छ ।
छलफल र अन्तरकृया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्यले समाजमा बढेका हिँसा दण्डको व्यवस्था कमजोर , राजनीतिक हस्ताक्षेप र जनचेतनाको अभावका कारण बढ्दै गएको बताउनुभएको थियो । उहाँले समाजमा वढेका यस्ता कुकर्मलाई न्यूनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महिला तथा वालवालिका को कार्यालयका प्रमुख सिता थापा, जनस्वास्थ्य अधिकृत सजिना महर्जन,जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला अधिवक्ता विकास ढुङगाना, जिल्ला अदालतका ना.सु. ऋषिराम पौडेल,जिल्ला अस्पताल पर्वतका डा.बद्धिबहादुर थापा सहभागी हुनुभएको थियो । उपस्थित भएका सरोकारवालालाई प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे र प्रहरी निरीक्षक दिपक थापाले प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रम कार्यालयका प्रहरी निरीक्षक दिपक थापाले संचालन गर्नु भएको थियो ।
