Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3257




डाक्टरको लापरबाहिले पर्वत अस्पताल अस्तव्यस्त
डाक्टरको लापरबाहिले पर्वत अस्पताल अस्तव्यस्त

चैत २२ पर्वत । सरकारले दिएको ज्येष्ठ नागरिक परिचयपत्रसमेत बोकेर जिल्ला अस्पताल आएका कुश्मा ९ का मोहदत्त लामिछानेले ओपीडीमा सेवा लिन घण्टौं कुर्नुप¥यो । बिरामीको चाप र अरू समस्याले भने होइन । अस्पतालको सेवा लिन अघिल्लो दिनदेखि पालो कुरका महाशिला २ का मणि विक दिउ“सो २ बजेसम्म डाक्टर पर्खिरहेका थिए । 

नाम दर्ता गररे पालो कुरका मोदीका हुमबहादुर नेपाली, कुश्माकी बलि सुनार सबैले कुरका डाक्टर सबै बिरामी छोडेर एकपछि अर्को गर्दै बाहिरिएपछि दिउ“सो अबेरसम्म बिरामीले सेवा पाएनन् । १३ जना चिकित्सक भए पनि सेवा प्रवाहमा गैरजिम्मेवार हु“दा जिल्ला अस्पताल पर्वतको बिरामी जा“च्ने ओपीडी कक्षमा दैनिकजसो सेवाग्राही दिक्क छन् । 

सरकारले स्वास्थ्य संस्थामा बिहान १० देखि सा“झ ४ बजेसम्म अनिवार्य सेवा दिनुपर्ने व्यवस्था गर पनि उक्त नियममा कडाइ छैन । डाक्टरहरू आफूखुसी अस्पताल छाड्ने र कार्यालय समयमा निजी क्लिनिकमा जाने गर्दा बिरामीले सास्ती खेप्नुपरको हो । त्यति मात्रै होइन उपचारका लागि आउने बिरामीलाई डाक्टरहरूले नै सामान्य चेकजा“चसमेत नगरी क्लिनिक तथा पोखरा रिफर गर्छन् । 

अस्पतालमा सहज उपलव्ध एक्स–रे, भिडियो एक्स–रे सेवा बिरामीले सहजै पाउ“दैनन् । ‘बाहना बनाएर एक्स–र गर्न निजी अस्पतालमा पठाइयो,’ एक बिरामीले भने, ‘अस्पतालै तोकेर पठाएपछि कमिसनकै खेल हुनुपर्छ ।’ आफन्तको उपचारका लागि अस्पताल पुगेका एक कर्मचारीले अस्पतालको लापरबाहीलाई लिएर मेडिकल सुपरिन्टेन्डेन्ट बुद्धिबहादुर थापास“ग गएको बुधबार केहीबेर झगडै गरे । ‘भान्जीलाई ज्वरोले च्यापेर अस्पताल लगेको थिए“,’ सरकारी वकिल कार्यालयका कम्प्युटर अपरटरेर गणेश खत्रीले भने, ‘खाजा खान निस्केका कर्मचारी १ घण्टासम्म आएनन । खाजा खान गएका डाक्टरलाई खोज्न बिरामी नै जानुपर्ने अवस्था दिनदिनै बिरामीलाई भोग्दै आएका छन् । 

४÷५ पटक फोन गर्दा पनि नआएपछि डा. थापालाई बोलाएको हा ।’ जिल्ला अस्पताल, जनस्वास्थ्य, ल्याब र पोषणसहितका विभिन्न शाखामा करिब सय कर्मचारी कार्यरत भएकोमा महŒवपूर्ण शाखाका कर्मचारीमा मनोमानी छ । खत्रीस“ग सुरुमा ‘फोन नम्बर कसले दिएको भन्दै झर्किएका डा. थापा पछि कर्मचारी भन्ने बुझेपछि केही नरम भएका थिए । 


अस्पतालमा गत वर्षदेखि नै ७० प्रकारका औषधि निःशुल्क उपलव्ध गराउन सबै जिल्लामा निर्देशन गरिसकेको छ । जिल्ला अस्पतालमा औषधि पर्याप्त भएर पनि बिरामीको हातसम्म पुग्दैन । ‘स्टोरमा कहिल्यै औषधि खाली हु“दैन,’ स्टोर प्रमुख रघुनाथ रग्मीले े भने, ‘कसलाई कसरी वितरण गरियो भनेर सोधिन्न । चालु वर्ष मागबमोजिमको औषधि कुनै दिन खाली नभएको उनी बताउ“छन् ।’ तर, अस्पतालमै सामान्य औषधि माग गर्ने बिरामीलाई ‘बाहिर किन्नु’ भन्दै फर्काइदिने गरकोे बिरामीहरूको गुनासो छ । भर्ना भएका बिरामीलाई पिउने र शौचालयमा पानी समेत सहज छैन । 

२ वर्षअघि सुरु भएको अप्रेसन सेवा बन्द गररे डाक्टरहरू विभिन्न गोष्ठी, सेमिनार तथा ‘माथिको काम’ भन्दै डुलिरहेको अस्पतालकै कर्मचारी बताउ“छन । ‘सबै व्यवस्था मिलाउने अस्पताल प्रमुखले हो,’ एक कर्मचारीले भने, ‘प्रमुखलाई नै चासो छैन । अरूले कसरी काम गर्ने अस्पताल प्रशासनका अनुसार एनेस्थेसिस्ट (अपरेसन गर्न बेला बिरामीलाई बेहोस गराउने) जनशक्ति अभाव भएकाले अप्रेसन रोकिएको जनाएको छ ।

‘गएको मंसिरदेखि एनेस्थेसिस्ट छैनन्,’ अस्पताल प्रमुख डा. थापाले भने, ‘त्यही मितिदेखि अप्रेसन रोकिएको हो।’ अन्य सेवाको गुनासोबार थापाल आफू अहिले अस्पताल प्रमुख नभएर ‘सिनियर कर्मचारी’ को पदमा मात्रै भएकाले सुधार्न नसक्ने बताए । ‘पहिला यहा“को हाकिम मेसु हुन्थ्यो। अहिले सबै अधिकार नगरपालिकामा गइसकेकाले मेरो आदेश कसैले मान्दैनन्,’ उनले भने। अस्पताल विकास समिति अध्यक्ष राधा क्षत्रीले कर्मचारीबीच आपसी समझदारी कायम हुन नसक्दा लापरबाही बढेको बताइन् ।

साभार स्रोत : कान्तिपुर दैनिक 
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)