Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3799




पाङमा पानीका मुहान सक्दै जानथालेपछि खानेपानीको हाहाकार
पाङमा पानीका मुहान सक्दै जानथालेपछि खानेपानीको हाहाकार

चैत्र २३, पर्वत ।। पर्वतको कुश्मा नगरपालिका–१ पाङमा खानेपानीको समस्या भएको छ । तीन बर्ष अगाडीको भूकम्पले खानेपानीको मुहान खलबलिएर पानी सुकेको थियो । अहिले लामो खडेरी र गर्मीयामका कारण समस्या झनै थपिएको छ ।


भूकम्पका कारण मुहानको पानी जमिनमुनी भासिएपछि धारामा कममात्रामा पानीको आपुर्ती हुने गरेको छ । हिउँद लागेपछि पाईपमा पानी बग्नै छाडेको स्थानीय चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । पानीको मुहानमै थोरै पानी भएपछि उपभोक्ताको धारामा पानी आउन छाडेको अधिकारीले बताउनुभयो । लामो घडेरीको सानो रहेको मुल पनि सुक्दै जाँदा लाईनमा बसेर पानी थाप्नुको बिकल्प नरहेको स्थानीयले जानकारी दिए । 


अहिले बिहानै उठेर धारामा लाईन बस्नुपरेको गृहणीहरुको बाध्यता बनेको छ । स्थानीय १३ घरधुरीले ढकढके मुहानको पानी उपभोग गर्दै आएका छन् । पानीको मुहान सुकेपछि १३ घरधुरीका बासिन्दालाई चरम समस्या रहेको छ । उपभोक्ता समिति गठन गरेर बिभिन्न निकायमा हारगुहार गरेपनि समस्या समाधान नभएको त्यहाँका बलबहादुर अधिकारीले गुनासो गर्नुभयो ।


एक बर्ष अगाडी नगरपालिका र वडामा पनि पानीको समस्या समाधान गर्न माग गरिएको अधिकारीले बताउनुभयो । गाउँका अन्य बस्तीमा भने त्यतिधेरै खानेपानीको समस्या छैन् । नजिकै अन्य स्रोत नहुँदा समस्या भएको उहाँले बताउनुभयो । भूकम्पका कारण खलबलिएको मुहान संरक्षण गर्न सक्ने हो भने समस्या समाधान हुने अधिकारीले बताउनुभयो ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)