Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1757




चुवाका सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई
चुवाका सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई

चैत्र २३, पर्वत । कुश्मानगरपालिका ८ चुवाका सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई शुरु गरिएको छ । अभिभावकको अग्रेजी मोहका कारण वडा कार्यालयको पहलमा सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई अनिवार्य गर्न लागिएको हो । 

सामुदायिक बिद्यालयमा बिद्यार्थीहरु घट्दै गएपछि यहाँका वडा अध्यक्ष राजकुमार क्षेत्री शैक्षिक सुधारमा सक्रिय भएर लाग्नुभएको छ । सदरमुकाम कुश्मासँगै जोडिएको कुश्मा–८ चुवाका सबै सामुदायिक बिद्यालयले बैशाखदेखि अनिवार्य रुपमा अंग्रेजी माध्यममा पढाई सुरु गर्न लागेका हुन । बिद्यार्थी र अभिभावकमा अंग्रेजी मोहले धमाधम बिद्यार्थीहरु निजि बिद्यालयतर्फ आकर्षित भएपछि वडा अध्यक्ष राजकुमार क्षेत्रीले आफ्नो वडाका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरु गराउने अभियान चलाएको बताउनुभयो । 

वडाका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरु गरेर शैक्षिक गुणस्तर बढाउने र बिद्यार्थी सामुदायिक बिद्यालयमा आकर्षित गराउने अभियान चलाएको उहाँले बताउनुभयो । उहाँले चुवामा रहेका तीन वटै सामुदायिक बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई उपस्थित गराएर शैक्षिक सत्र २०७५ देखि अनिवार्य सामुदायिक बिद्यालयमा अग्रेजी माध्यममा पढाई सुरु गराउने निर्णय गराउनुभएको छ । 

एक मावि र दुई वटा प्राथमिक बिद्यालय रहेको चुवामा अहिले यी तीन वटा सामुदायिक बिद्यालयमा तीन सय ८८ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)