Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1590




बिरेन्द्र माबिलाई कोरियाबाट २ लाख सहयोग
बिरेन्द्र माबिलाई कोरियाबाट २ लाख सहयोग

रोशन तिवारी चैत २६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ पकुवाको बिरेन्द्र माविको भौतिक बिकास र जिर्ण भवन बनाउन बिदेशीहरुले सहयोग गरेका छन् । ख्वान्जी महानगरपालिका दक्षिण कोरियाका मेयर डाक्टर युनको टोलीले बिद्यालयलाई सहयोग उपलब्ध गराएको हो । 


बिद्यालयको अवस्था सुधारमा कोरियाको टोलीले चासो दिँदै बिद्यालयमै आएको थियो । सोमबार बिद्यालयमा आयोजित कार्यक्रममा ख्वान्जी महानगरपालिकाका मेयर डा. यन जोङ होङले कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीमार्फत उक्त रकम बिद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त बिधालयको भौतिक पुर्वाधार विकास एवं जिर्ण भवनको रंगरोगनका लागी दुई लाख रुपैयाँ नगद प्रदान गरिएको थियो । 


करिव २५ जना कोरियन भोलिन्टियर बाट स्कुलको सरसफाइ र रङरोगन कार्यक्रम सक्रियताका साथ सम्पन्न हुंदैछ । सहयोगदाताहरुलाई मेयर जोशीले धन्यवाद व्यक्त गर्दै बिद्यालयको सहयोग प्रति आभार व्याक्त गर्नुभयो । कुश्मा नगरपालिका भित्रका बिद्यालयको विकासमा निरन्तर सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । आगामी दिनमा पनि कुश्मा नगर र ख्वान्जी महानगर विच आपसी सहयोग आदन प्रदान रहने विश्वास गरेको जोशीले बताउनुभयो । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)