Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

10 years ago

1866




सशस्त्र प्रहरी बल चण्डिकागणमा मल्याङ्गदीखोलाको पानी
सशस्त्र प्रहरी बल चण्डिकागणमा मल्याङ्गदीखोलाको पानी

सशस्त्र प्रहरीलाई मल्याङ्गदीखोलाको पानी

विशन क्षेत्री

सशस्त्र प्रहरी बल चण्डिकागणमा मल्याङ्गदीखोलाको पानी ल्याईने भएको छ । खानेपानीको समस्यामा रहेको सशस्त्रमा मल्याङ्दीखोला स्थित नाकेदहदेखी खानेपानी ल्याउने गरि सम्झौता भएको हो ।

स्थानीय राजनीतिक दल, उपभोक्ता समिति र शसस्त्र प्रहरीको सम्झौतामार्फत जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समन्वयमा खानेपानी ल्याईने भएको हो । त्यसका लागि मल्याङ्गदी सिँचाई योजना मुडिकुवा गाविसकाका सचिव लिलाधर गौँडेलले शसस्त्र प्रहरी बललाई बिना रोकतोक खानेपानी उपलब्ध गराउने सम्बन्धमा गरिएको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसअघि एक महिनादेखी खानेपानी ल्याउने बारेमा दुईपक्षका बिचमा छलफल भएको थियो । मल्याङ्दीखोला प्रभावित क्षेत्रका बासिन्दाले अन्तत १ ईन्च पानी दिन सकारात्मक भएपछि ससत्र प्रहरी बल चण्डिका गणमा खानेपानी ल्याउने योजना सफल हुने भएको हो ।

शसस्त्र प्रहरी वल चण्डिका गणका डिएसपी हर्कराज पन्तले दोहोरो सम्झौतामा खडेरी परेको खण्डमा र किसानलाई बिउ राख्ने समयमा स्थानीयलाई पानी दिने गरि सम्झौता भएको पनि उल्लेख गरे । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले एक हप्ताभित्रमा सशस्त्रमा पानी ल्याउने योजनास्वरुप काम सुरु गरिसकेको कार्यालय प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिए ।

बडागाउँमा शसस्त्र प्रहरीको गण स्थापना भएदेखी नै चुवा स्थित बडरे खोलावाट पानी ल्याएर प्रयोग गर्दै आइरहेको छ । उक्त योजनाको सम्झौता बैशाख ५ गते सकिएको थियो । करिव ७ सयको संख्यामा जनशक्ति रहेको चण्डिका गणलाई अहिले खानेपानीको समस्या रहेको छ ।

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)