Correspondent, ParbatNepal
8 years ago
1839
साजन परियार चैत २८ पर्वत । नगरपालिकाको बिकास र समृद्धिका लागि महाअभियान थालेको फलेबास नगरपालिकाले सरोकारवालाहरु संग स्थानीय तहको नीतिगत व्यवस्थाका बारेमा प्रशिक्षण दिएको छ । नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधी, कर्मचारीहरुलाई प्रशिक्षण मार्फत संबिधानले स्थानीय तहलाई प्रत्यायोजन गरेको अधिकार, करको दायरा, योजना तर्जुमा जस्ता बिषयमा प्रशिक्षण दिइएको हो ।
राज्य पुनसंरुचना आयोगका अध्यक्ष बालानन्द पौडेलको उपस्थितीमा १ दिने प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा पौडेलले देशमा संघिय शासन लागु भए सगैँ संघिय व्यवस्था सफल पार्न सम्पुर्ण जननिर्वाचित सदस्यहरु र कर्मचारी दत्तचित्त भएर लाग्नु पर्ने बताउनु भयो । अध्यक्ष पौडेलले अहिले संघ, प्रदेश र स्थानिय तह विचनै तालमेल हुन नसेको बताउनु भयो । स्थानिय तहहरु श्रोत साधन नभएको गुनासो गर्ने तथा संघले उनिहरको क्षमता माथि प्रश्न उठाउने गरेको भन्दै यसले देशको विकाश नहुने बताउनु भयो ।
त्यस्तै उहाँले संघियतामा एक तहले अर्को तहलाई सहयोग र सम्मान गर्ने व्यवस्था भए पनि अहिले त्यसो हुन नसकेको बताउनु भयो । कार्यक्रममा पौडेलले समग्र राष्ट्रको विकास र सम्बृद्धि हासिल गर्न सवैले एउटै लक्ष्य लिएर एकताबद्ध रुपमा गन्तव्यमा लाग्नु पर्ने बताउनुभयो ।
बर्तमान समयलाई गोधुली साँभmको संज्ञा दिदै उहाँले पुरानो व्यवस्था, कुसासन, कुसंस्कार र मानसिकताको अन्त्य गरी नयाँ व्यवस्था र नयाँ पद्धति बसाल्न सरकारमा रहने सवैले सहयोगी भावना राखी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनु भयो ।स्थानिय तहका कानुनका विधायिक सम्पुर्ण निर्र्वाचित प्रतिनिधिहरु रहेको भन्दै उहाँले संबिधानको राम्रो अध्यन गर्न समेत आग्रह गर्नु भयो ।
यसै गरी कार्यक्रममा फलेवास नगरपालिका प्रमुख पदमपाण्ी शर्माले विगतका स्थपित मुल्य, मान्यता र व्यवस्था एकै पटक परीबर्तन नहुने भन्दै यसको परिर्वतनका लागि सवै लाग्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले फलेवास नगरपालिकाको विकासको लागि नगरकार्यपालिकाले एकैपटक धेरै क्षेत्रमा दिर्घकालिन लाभ मिल्ने प्रारम्भिक चरणका कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । कुनैपनि फलको बिरुवा रोप्दै गर्दा त्यको फल तत्काल नमिल्ने भन्दै त्यसको लागि केहि समय प्रतिक्षा गर्नु पर्ने बताउनु भयो ।
