Correspondent, ParbatNepal
8 years ago
1919
कुश्मा नगरपालिकाले नगरप्रमुखको वैदेशिक सल्लाहकारमा कुल आचार्य, एकराज गिरी र महेश श्रेष्ठलाई नियुक्त गरेको छ ।
नगर प्रमुख रामचन्द्र जोशीले नगरपालिकाको वृहत्तर विकास र समृद्धिका लागि गरेको योगदानको कदर गर्दै सल्लाहकारमा नियुक्त गरिएको बताए ।
‘नगरप्रमुखले नगरपालिकाको हितको लागि विदेशी सल्लाहकार पनि नियुक्त गर्न पाउँछ’ जोशीले भने, ‘हामीले विगतदेखि नै नगरपालिकाको हितमा काम गरेको र नगरपालिकाको विकासमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई वैदेशिक सल्लाहकार नियुक्त गरेका हौँ ।’
मंगलबार जारी गरिएको विज्ञप्तीमा योग्यता र दक्षताको आधारमा नियुक्त गरिएको उल्लेख गरिएको छ । साथै, वैदेशिक सल्लाहकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सकारात्मक कामको लागि आधिकारिक प्रतिनिधित्वको अधिकारसमेत दिईएको छ ।
वैदेशिक सल्लाहकारमा नियुक्त भएका आचार्य बेलायत, गिरी स्पेनमा र श्रेष्ठ जापानमा बस्दै आएका छन् । आचार्य गैह्रआवासीय नेपाली संघको उपाध्यक्ष समेत हुन् भने गिरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजक पनि हुन् ।
बेलायतका सफल व्यवसायी समेत रहेका आचार्यको जन्मथलो पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा हो । श्रेष्ठ कुश्मा नगरपालिका ४ का बासिन्दा हुन्, भने, बागलुङ बलेवामा जन्मिएका गिरीको परिबार बिगत ८ बर्ष देखि पर्वतको कुश्मामा बस्दै आएका छन् ।
वैदेशिक सल्लाहकारहरु दुवै सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।
