Author
ParbatNepal
Bishan Kshetri

Correspondent, ParbatNepal

8 years ago

1954




अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी कार्यक्रमको तयारी तीव्र
अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी कार्यक्रमको तयारी तीव्र

अन्तराष्ट्रिय पर्वत समाजले आगामी जुन ३ मा लण्डनमा आयोजना गरेको च्यारिटी कार्यक्रमको तयारी तीव्र पारिएको छ । समाजले कार्यक्रमको सफलताको लागि गतिविधिलाई अगाडि बढाउदै तयारी तीव्र बनाएको छ । 

समाजका महासचिव गुणराज शर्माले दिएको जानकारी अनुसार च्यारिटी कार्यक्रमका लागि आउने अतिथीहरुको लागि भिसा प्रक्रिया तथा होटल बुकिङ स्थानीय प्रशासनिक व्यवस्थापनको लागी पर्वत समाज युकेका महासचिव भरत पौड्याललाई सम्पुर्ण जिम्मेवारी दिईएको छ । 

होटल बुकिङको लागि संस्थाको आधिकारीक ईमेल parbatsamaj0@gmail.com तथा उपसमिति संयोजक भरत पौड्यालको ईमेल jbharatrhodes@gmail.com मा सम्पर्क गर्न सकिने जनाईएको छ । उक्त बैठकले च्यारिटीको लागि सबैलाई सहयोग गर्न तथा होटल बुकिङ र भिसा प्रक्रिया, अतिथी निमन्त्रणा तथा स्थानीय रुपमा गर्नुपर्ने प्रशासनिक कार्यको लागि पौड्याललाई जिम्मेवारी दिएको हो । उनका अनुसार आमन्त्रित अतिथीहरुको लागि भिषा प्रोसेसिङ तथा कागजात व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेको छ भने, अन्य व्यवस्थापन पनि तीव्र पारिएको छ । 

यो च्यारिटी कार्यक्रमबाट समाजले एक करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । उनले यो कार्यक्रमबाट संकलित रकमले पर्वतको कुनै ठाउँमा दीर्घकालीन लाभान्वित हुने एक विशेष योजना बनाएर लगानी गरिनेछ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले भने, जिल्लाको हितको लागि यो च्यारिटी महत्वपूर्ण छ, हामीले यसलाई सफल तुल्याउन निरन्तर खटिरहेका छौँ ।’ 

कार्यक्रममा युरोप अमेरिका, एशियामा रहेका पर्वत समाजका अग्रज संरक्षक, सल्लाहकार, विभिन्न देशका पर्वत समाजका पदाधिकारी को उपस्थित रहने जानकारी च्यारिटी कार्यक्रमका संयोजक एवं समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ दिए साथै उनले स्थानीय तहका प्रमुख, जिल्लाबाट निर्वा्चित जनप्रतिनिधीहरुलाई निम्ता गरिएको पनि जानकारी दिए ।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)