Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1927




प्रेस चौतारी पर्वतको अध्यक्षमा गिरी, प्रेस चौतारी सिर्जनशिल पत्रकारीता पुरस्कार द्दय पौडेललाई
प्रेस चौतारी पर्वतको अध्यक्षमा गिरी, प्रेस चौतारी सिर्जनशिल पत्रकारीता पुरस्कार द्दय पौडेललाई

बैशाख ३, पर्वत । प्रेस चौतारी सिर्जनशिल पत्रकारीता पुरस्कारवाट पत्रकारहरु कुश्मा १२ का गणेश पौडेल र कुश्मा १० का गणेश पौडेल पुरस्कृत भएका छन ।दुबै गणेश पौडेललाई आज प्रेस चौतारी नेपाल पर्वत शाखाको ५ औं जिल्ला अधिवेशनका अवसरमा प्रदान गरिएको हो ।

खोजमुलक पत्रकारीता गर्दै पत्रकार,संचारकर्मी र संञ्चारमाध्याम बिकासमा टेवा पु¥याए वापत् उनीहरु पुरस्कृत भएका हुन । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे,सचिव रामकृष्ण शर्मा,जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष मनोहर बि.पौडेल,फलेवास नगरपालीकाका प्रमुख पदमपाणी शर्मा लगायतले उनीहरुलाई सम्मान गरेका थिए । समान ग्रहण पछि बोल्दै उनीहरुले व्यवसायीक पत्रकारीताको बिकास गर्न आग्रह गरे ।

सो कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले राज्यले लोककल्याणकारी बिज्ञापनको संख्या र दर वढाउन आग्रह गरेका छन । पुरस्कार बितरण एवम ५ औं अधिवेशनमा बोल्दै चौतारीका उपाध्यक्ष पाण्डे र सचिव शर्माले मोफसलका संचारकर्मी र संचारमाध्य र पत्रकारका समस्यामा केन्द्रीत हुदै राज्यलाई झक्झकाउने प्रतिवद्धता ब्यक्त गरे ।


कार्यक्रमा प्रेस चौतारी जिल्ला शाखा पर्वतका संस्थापक भोलानाथ शर्मा,पर्वत उद्योग बाण्ज्यि सघंका अध्यक्ष केदारनाथ शर्मा,क्रान्तीकारी पत्रकार महासंघ पर्वतका अध्यक्ष बैकुण्ठ गिरी,प्रेस सेन्ण्टर पर्वतका अध्यक्ष राजबाबु पिसी ,प्रेस चौतारीका केन्द्रिय अनुशासन बिभागका सदस्य सन्तोष थापा लगायतले बोलेका थिए ।

यसैविच अधिवेशनले पत्रकार गणेश गिरीलाई प्रेस चौतारी पर्वतको अध्यक्षमा चयन गरेको छ । १६ सदस्यि समितीको उपाध्यक्षमा कृष्ण अखेलि,सचिवमा सुवास लामिछाने,सहसचिवमा नवराज गिरी,कोषाध्यक्षमा शान्ति सुवेदी,सदस्यहरुमा राजेन्द्र प्रसाद भुषाल,दिपेश सुनवार,बिकाशराज पौडेल,रमेश पौडेल,सोनु राना,लकाश सुवेदी,राजन पौडेल,गणेश पौडेललाई चयन गरेको छ भने १ जना समितीले मनोनित गर्ने छ ।

प्रेस चौतारी जिल्ला शाखा पर्वतका निवर्तमान अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत निबर्तमान उपाध्यक्ष गणेश गिरीले गरेका थिए भने संञ्चालन सचिव कृष्ण अखेलीले गरेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)