Correspondent, ParbatNepal
8 years ago
1975
पर्वत – नयाँ बर्षको आगमन सँगै गायक तथा सर्जक सुदिप क्षेत्रीको लोक दोहोरी गित ‘रेलेको टिकेट’ सार्वजानिक भएको छ । गित सार्वजानिक भएको छोटो समयमा नै गीतले साँगितिक बजारमा राम्रो चर्चा कमाइरहेको छ । क्षेत्रीकै शव्द, संगित र स्वरमा रहेको गितमा लोक दोहोरी गायिका सरस्वती लामिछिानेले स्वर दिएकी छन् ।
मन कसरी बुझाउने मैले हो
अब त भेट कहिले हो कहिले हो
बरबर आँसू बर्सिन थाले
रेलको टिकेट काटेसी कान्छाले ......
जस्ता उत्कृष्ट शव्दले गित चर्चामा छ । टिपीकल शैलीमा रचिएको गित माया प्रेमसँग जोडेर भावनामा बगाइएको छ । डिजिटल स्टार पोखराको प्रस्तुतिमा बजारमा आएको गितको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गितको म्युजिक भिडियो केही दिनमा तयार हुने जनाईएको छ । म्युजिक भिडियोका लागि कलाकारहरुको खोजी भईरहेको छ,–क्षेत्रीले भने,‘गित राम्रो बनेकाले म्युजिक भिडियो पनि राम्रो बनाउने सोचमा छौँ,।’ माया प्रेममा आधारित रहेको गितको म्युजिक भिडियोमा नयाँ कलाकारहरुको खोजी भईरहेको क्षेत्रीले बताए ।
म्युजिक भिडियो पर्वत जिल्लाका पर्यटकिय तथा रमणिय स्थलमा छाँयाकन गरिने भएको छ । सञ्चार क्षेत्रमा समेत क्रियाशिल रहेका क्षेत्रीका यस अघि ‘खान्थेउ कसम छुदै गितामा र अस्पतालमा भर्ना भाको छु’ जस्ता उत्कृष्ट गित बजारमा आईसकेका छन् । लामो समयदेखी साँगितिक क्षेत्रमा लागेका क्षेत्रीले यस गितवाट पनि राम्रो प्रतिक्रिया आएको बताए ।
दर्शक तथा श्रोताहरुको मायाले आफु निरन्तर गित संगितमा लागेको बताउँदै क्षेत्रीले भोलीका दिनमा पनि निरन्तर लागने बताए । पर्वत जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी रुग्दीमा जन्मिनु भएका क्षेत्री लामो समयदेखी साँगितिक क्षेत्रमा क्रियाशिल छन् ।
