Correspondent, ParbatNepal
8 years ago
1594
रोशन तिवारी बैशाख ६ पर्वत । बिद्यालय भर्ना अभियानलाई साथ दिँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पर्वतकी ११ बर्षिय सुहानी नेपालीलाई अभिभावकत्व ग्रहण गर्दै बिद्यालय भर्ना गर्नुभएको छ ।
गृह जिल्ला पर्वतमा आउनुभएका तिमिल्सीनाले ११ बर्षिय सुहानी नेपालीलाईे अभिभावकत्व ग्रहण गर्दै शिवालय माध्यमिक विद्यालय कुस्मामा भर्ना गर्नुभएको हो । बाबुको पहिचान नभएकी नेपालीलाई विद्यालमा भर्ना गर्दै उहाँ अभिभावक बन्नुभएको हो ।
कुस्मामा ज्याली मजदुरी गर्दै आएकी आमा सुमित्रा परियार सँग बस्दै आएकी सुहानीलाई बिहिबार पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले विद्यालय तहसम्मको शिक्षाका लागि आफुले सहयोग गर्ने प्रतिबद्दता गर्नुभयो ।
आर्थिक अवस्था कम्जोर भएकी नेपाली मोदी गाउपालिका राम्जाको जिबन ज्योती प्राबि बाट कक्षा ४ सम्मको शिक्षा हासील गरेर बिचमै पढाई छाडेकी थिइन ।
यस्तै कुश्मानगरपालिका ६ का वडाध्यक्ष रुद्र गिरीले ९ बर्षिय सुहानी क्षेत्रीको अभिभावकत्व ग्रहण गर्दै सोहि बिद्यालयमा भर्ना गर्नुभएको छ । पर्वतको बिहादी १ बाच्छा निवासी दिल बहादुर नेपाली र मुना क्षेत्रीका छोरी सुहानी क्षेत्रीलाई गिरीले ४ कक्षामा भर्ना गराएको जानकारी दिनुभयो ।
