Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2050




देश समाजबाद तर्फ उन्मुख - राष्ट्रियसभाका अध्यक्ष तिमिल्सीना
देश समाजबाद तर्फ उन्मुख - राष्ट्रियसभाका अध्यक्ष तिमिल्सीना

पर्वत ७, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले देश अहिले समाजबाद तर्फ उन्मुख भएको बताउनुभएको छ । गृह जिल्ला पर्वतमा बिहिवार नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तिमिल्सीनाले देशमा संक्रमण पार लाग्न थालेको र संघियता स्थापित भैसकेको बताउँदै अव समाजबादको बाटोमा लाग्नुपर्ने बताउनुभएको हो ।


 तिमिल्सीनाले नयाँ संविधानको म्याण्डेट अनुसार कानुन बनाउने, आवश्यक वुँदाहरु संसोधन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहका लागि कानुन बनाउन आफु केन्द्रित भएको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष भनेर अव बिरोधका लागि बिरोध नभई देश बनाउने बिषयमा राजनीतिक दल मिलेर जानुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । 

जनताका आवश्यकता पुरा गर्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष भन्ने होड नराख्न दलहरुलाई उहाँले आग्रह गर्नुभयो । पत्रकारहरुले जिल्लाको बिकास र राष्ट्रिय राजनीतिको बारेमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनालाई जिज्ञाशा राखेका थिए । पत्रकारहरुको जिज्ञाशाको जवाफ दिँदै उहाँले जिल्लाको बिकासका लागि अव ठुला योजनाहरु जिल्लामा भित्रिने बताउनुभयो । 

राष्टिय गौरवको रुपमा रहेको कालीगण्डकी लोकमार्गको काम पुरा गर्ने, पर्वतको पाङ देखि वागलुङ जोड्न आकाशेपुल बनाउने योजना सहित उहाँले चुनावको बेला नेताहरुले गरेका बाचा पुरा हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकासका लागि अव राजधानी नै धाउनुपर्ने वाध्यताको अन्त्य भएको र साना योजना स्थानीय तह र प्रदेश सरकारले पुरा गर्ने जानकारी दिनुभयो  ।

 नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष प्रनिश गिरीले गर्नुभएको थियो भने सञ्चालन सचिव गणेश गिरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)