Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2435




काँग्रेसका बरिष्ठ नेताले पर्वतमा आएर यस्तो भने
काँग्रेसका बरिष्ठ नेताले पर्वतमा आएर यस्तो भने

बैशाख ६ पर्वत नेपाल तरुण दलको आयोजनामा प्रदेश नम्बर ४ स्तरिय प्रशिक्षण कार्यक्रमको पर्वतको कुश्मामा शुरु भएको छ । बिहिवार र शुक्रवार प्रशिक्षण कार्यक्रम हुनेछ । पहिलो दिन उद्घाटन कार्यक्रम भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अव पाँच बर्षमा काँग्रेसलाई सदृढ बनाएर पहिलो पार्टि बनाउनुपर्ने बताउनुभयो । उहाँले एक्लै भएपनि मेची महाकाली अभियान सञ्चालन गरेर काँग्रेसलाई पुनर्जिवित दिने उद्घोष गर्नुभएको छ । देशमा अधिनायकबाद ल्याउन कम्युनिष्ठहरुले घाँटी जाडेको आरोप लगाउनुभयो । यदि कम्युनिष्ठहरुले देशमा कम्युनिज्म व्यवस्था ल्याउन खोजेका हुन भने त्यो व्यवस्था ल्याउन एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष प्रचण्डलाई मञ्चबाटै चुनौती दिनुभयो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले समान्तवादको अन्त्य, समाजमा बढेको अराजकताको अन्त्य गर्न र गरिव र निमुखा बर्गको मुक्तिका लागि विपी कोईरालाले तरुण दल गठन गरेकाले विपीको सिदान्तलाई शिरोधार्य गर्न तरुणदललाई आग्रह गर्नुभयो । महतले जनताको माझमा काँग्रेसले गरेको राम्रा कामको सहि ढंगले प्रचार गर्न नसक्दा पछि परेको धारणा राख्नुभयो । त्यसैले अव काँग्रेसले काम मात्रै हैन ठिक ढंगले जनताका बिचमा प्रचार समेत गर्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा केन्द्रिय सदस्य तथा तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँडले अहिले एमाले र माओबादीहरु काँग्रेसलाई सिध्याउन खोज्दैछन् भने उनीहरु समाप्त भएर जाने ठोकुवा गर्नुभयो । खाँडले कार्यकर्ता आधारित पार्टिको सामना गर्न कार्यकर्ता आधारित संगठन आवश्यक रहेको र काँग्रेसले अव तरुण दल लगायतका अन्य भातृसंगठनलाई सुदृढ गराउन पार्टिमा दवाव दिनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसले भोगेको पराजयको दोष कोहि व्याक्तिलाई लगाउन भन्दा सबैले जिम्मा लिएर कमजोरी सच्चाउनुपर्ने बताउनुभयो । उहाँले वदलिँदो परस्थितीमा जनताले आफ्नो उपस्थिती चाहेको बताउनुभयो । अव काँग्रेसले जनताको आवश्यकता संग मेल खाने एजेण्डा काँग्रेसले बोक्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्दिय सदस्य धनराज गुरुङ, केन्द्रिय सदस्य महेन्द्र यादव, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, रामकृष्ण यादव, केन्द्यि सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेल, नेपाल तरुण दलका पुर्व अध्यक्ष विनोद कायस्थ, तरुण दलका निवर्तमान अध्यक्ष उदय समसेर राणा, तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाई, केन्द्यि कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल , प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङ, नेपाली काँग्रेस कास्किका सभापति कृष्ण केसी, नेपाली काँग्रेस पर्वतका पूर्व पार्टि सभापति नवराज गुरुङ, राष्टिय सभा सदस्य वृन्दा राणा, तरुणदलका पूर्व सचिव जन्मजय तिमिल्सीना, प्रदेस सभा सदस्य ललितकला गुरुङ, प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ, नेविसंघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी र लमजुङका मेयर तथा तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे लगायतले बोल्नुभएको थियो ।

तरुण दलको केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको स्वागत तरुणदल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी र सञ्चालन तरुणदलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहिले गर्नुभएको थियो । नेपाली काँग्रेस पर्वतको आयोजनामा आज नै कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ ।

भेटघाट कार्यक्रममा वोल्दै केन्द्रिय तथा जिल्ला तहका नेताहरुले जनताको आवश्यकता र जनजिविकालाई छुने एजेण्डा ल्याउने नेतृत्वले ध्यान दिनुपर्ने बताएका छन् । जिल्लाका बिभिन्न ठाउँबाट आएर सहभागी भएका नेता तथा कार्यकर्ताहरुले जनताको चाहना बुझेर राजनीतिक एजेण्डा बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)