Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1631




‘पर्वतको विकासमा केन्द्रिय सरकारबाट बजेटको कमी हुनेछैन’–सांसद गिरी
‘पर्वतको विकासमा केन्द्रिय सरकारबाट बजेटको कमी हुनेछैन’–सांसद गिरी

७ वैशाख, पर्वत । केन्द्रिय सरकारका प्रतिनिधि संघिय सांसद पदम गिरीले पर्वत जिल्लाको विकासका लागि बजेटको कुनै समस्या नपर्ने बताएका छन । शुक्रबार मोदीगाउँपालिका ४ क्याङमा आयोजीत नयाँबर्ष मेलाको समापन गर्दै सांसद गिरीलेसाना योजनाहरुको कार्यान्वनमा स्थानीय तहहरुले भूमिका खेल्ने र ठूला योजनामा केन्द्रिय सरकारको तर्फबाट बजेटको कुनै कमी नहुने स्पष्ट पारेका हुन । 

स्थानीय तहहरुले वडास्तरका सडक कालोपत्रे गर्ने देखि साना योजनाहरुको माग सम्बोधन गर्न तयार हुनुपर्ने भन्दै सांसद गिरीले राष्ट्रिय गौरबका आयोजनाहरु पर्वतमा भित्राउन आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन । वर्तमान सरकार भ्रष्टचार र अनियमितताको अन्त्य गर्दै सम्बृद्ध राष्ट्र निर्माणको गतिमा अगाडि बढेको भन्दै सांसद गिरीले पर्वतलाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने अभियानमा नै आफूले योजना निर्माण गर्ने बताएका हुन । ‘विकास निर्माणको अपेक्षा गर्दा गर्दै लामो समय वित्यो’ उनले भने–‘अवको यात्रा देशलाई सम्बृद्ध बनाउने हो ।’ 

संघिय संरचनामा देश प्रवेश गरेका कारण उल्लेखनीय ठूला योजनाहरु बाहेक केन्द्रिय सरकारले लगानी नगर्ने भन्दै उनले प्रदेश न ४ मा राष्ट्रिय गौरबका आयोजनहरु भित्राउने अभियानमा आफ्नो भूमिका रहने दोहोराए । 

क्याङको खुइजरीमा दिपज्योति युवा क्लबले आयोजना गरेको नवबर्ष मेलाको समापन कार्यक्रममा पुगेका गिरीले संविधानले संघिय राज्यको परिकल्पना देशको सम्बृद्धिका लागि गरेको भन्दै उक्त अभियान सफल बनाउन स्थानीय तह र प्रदेश सरकारको महत्वपूर्ण भूमिकान हुने बताए । केन्द्रिय सांसद र केन्द्रिय सरकारले पहिले जस्तो टुक्रे योजनाहरुमा रकम विनियोजन गर्न पाउने अधिकार नभएको भन्दै उनले दिर्घकालीन महत्वका आयोजनमा आफूले निरन्तर पहल गरीरहेको बताए । 

कालीगण्डकीमा जलाशय युक्त आयोजना, कालीगण्डकी करिडोरको पर्वत खण्डको काम पुरा, कोरला नाकाको  सडक स्तरोउन्नती र नाका खुल्ला प्रक्रिया, सुरुङ मार्ग निर्माण र मध्यपहाडी लोकमार्ग निर्माण कार्य नै आफ्नो प्राथमिकताका ठूला आयोजना रहेको गिरीको भनाई छ । 

कार्यक्रममा मोदीगाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाको विकासमा सवैको हातेमालो आवश्यक रहेको औल्याएका थिए । 

मेलाको समापनमा लोक  कलाकाहरु लक्ष्मी नेपाली, कृष्ण समिप सुपेदी लगाएतले सांगेतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)