Correspondent, ParbatNepal
8 years ago
2262
बैशाख ७, पर्वत । पर्वतको मोदीगाउँपालिका–६ डिमुवा–तिलाहार,ठाना हुदै तल्लो÷उपल्लो गिज्याङ जोड्ने मोटरबाटो निर्माण कार्य शुरु भएको छ । मोदीगाउँपालिकाको २०७४÷०७५ मा विनियोजन भएको २० लाख रुपैयाँले उक्त मोटरबाटो निर्माण कार्य शुरु गरिएको हो ।
७ मिटर फरकिलो रहेको मोटरवाटो निर्माण गर्न थालेसँगै त्यस स्थानका स्थानीयहरुमा खुशीयाली छाएको छ । गाउँवाट करिव साढे १–२ घण्टा तल झरे पछि मोटरगाडी देख्ने गरेका त्यस स्थानका स्थानीयहरु अव आफ्नै घरदैलोमा मोटर पुग्ने भएपछि उनीहरको खुशीको सिमा काटिसकेको छ ।
यो सडक निर्माण भएपछि ठाना,तल्लो÷उपल्लो गिज्याङका स्थानीयहरुलाई बजारदेखी सामान ढुवानी गर्न, घर भवन निर्माणका लागि खोलादेखी गिटी बालुवा घरसम्म पुराउन र बिरामी परे गाडीबाटै हस्पिटल पुराउन सकिने भएको छ । गाउँमा मोटरबाटो पुगेपछी गाउँमा उत्पादन हुने कच्चा पदार्थ एवं कृषिजन्य पदार्थहरु छिटोछरितो रुपमा बजारसम्म ढुवानी गर्न सहज हुने स्थानीयको विश्वास रहेको छ ।
‘पहिले साह्रै दुख थियो स्थानिय दिपक क्षेत्रीले भने, ‘घर मै मोटरबाटो आएपछी खुसी लागेको छ ।’साथै, मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने बताइएको छ ।
गाउँमा मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीयवासी बताउँछन् । मोटरबाटो निर्माणका लागि बजेट अभाव भएका कारण गाउँपालिका सँग माग गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष दिपकजंग क्षेत्रीले बताउनु भयो ।
मोटरवाटो निर्माणका लागि थप ३० लाख रकम आवश्यक पर्ने क्षेत्रीको भनाई छ । पहिला मानिस हिँड्न समेत निबै अप्ठेरो रहेको बाटोलाई फराकिलो बनाएर दुई हप्ता भित्र सम्पन्न गरिएको लक्ष्य लिइएको छ ।
