Correspondent, ParbatNepal
8 years ago
2792
बैशाख ८, पर्वत । नँया ब्यवस्थापन सहित कुस्मा बजारमा सञ्चालीत सहिद स्मारक सहिद स्मारक अँग्रेजी आबाशीय माबीले शैक्षिक सत्रको शुरुवात संगै अभिभावकहरुको भेला बोलाई परिचयात्मक सहितको अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त भेलामा उपस्थित अभिभावकहरुले बिद्यार्थी र आफ्नो परिचय संगै बिद्यालयले गुणस्तरीय शिक्षाको लागी चालेका हरेक प्रयासहरुमा आफुले तन,मन,धनले हरेक कदममा साथ दिने कुरा बताउनु भयो । साथै नँया ब्यवस्थापन संगै बिद्यालय सञ्चालन भएकोमा खुसी ब्यक्त गर्नु भयो ।
भेलामा बिद्यालयका शिक्षक–शिक्षिकाहरुले आफ्नो परिचय अनुभव,योग्यता र सहिद स्मारक अँग्रेजी आबाशीय मा.बि मा आबद्ध हुनुका कारण प्रस्ट पार्दै गुणस्तरीय शिक्षा र बिद्यार्थीमा अन्र्तनिहित बहु–आयामिक प्रतिभा प्रस्फुटन गराउने र बाल–बालीकाको मनो–बिज्ञान बुझेर शिक्षा दिने बताउनु भयो ।
साथै कार्यक्रममा बिद्यालयका प्रिन्सीपल केशब राज पुरीले बिद्यालयमा पठन–पाठन मात्र नभएर बिभिन्न बिधागत बिषयमा पनि बिद्यार्थीहरु लाई ज्ञान दिईने अनुशासीत सु–सँस्कार युक्त र श्रम लाई सम्मान गर्ने कुरा लाई जोड दिने, पढेका कुरा लाई ब्यबहारमा उतार्ने,नँया–नँया प्रबिधिको प्रयोग गरेर बाल मैत्री बाताबरणमा शिक्षण गरीने भएकाले ढुक्क भएर विद्यालयमा पठाउन आग्रह गर्दै समय समयमा अन्र्तकृया कार्यक्रम गर्नेे बताउनु भयो ।
साथै कार्यक्रममा भाईस प्रिन्सीपल प्रेम शर्मा पौडेलले पनि बिद्यालयको बारेमा जानकारी दिँदै आफ्नो भनाई राख्नु भएको थियो ।
