Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1855




पर्वत पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी
पर्वत पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी

बैशाख ९, पर्वत । मोदी गाउँपालिका वडा नम्बर ७ राम्जादेउरालीलाई लाई पुर्ण खोप सुनिस्चित वडा घोषणा गरिएको छ । मोदिगाउँपालिका ७ राम्जा स्थित राम्जादेउराली स्वास्थ्यचौकीमा एक समारोहका बिच राम्जालाई शनिबार नेपाल सरकारकार उपस्वास्थ्य प्रमुख झलक शर्मा गौतमले राम्जालाई पुर्ण खोपयुक्त घोष्ण गर्नुभएको हो । 

पर्वतको मोदी राम्जा खोप युक्त वडा भएसगै पर्वतका सबै ६१ वडा पूर्ण खोपयुक्त भएका छन् । राम्जादेउरालीमा जम्मेदेखि देखि १५ महिनाका सम्मका १०४ जना  बालबालिकालाई सबै खोप दिईसकेको र आगामी समयमा पनि बालबालिकालाई नछुटाई खोप लगाउने स्वास्थ चौकी ले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप–स्वास्थ्य प्रमुख गौतमले पर्बतको राम्जामा सबै खाले बरिष्ठ बुद्धिजीवी ब्यक्तिहरु पाएको वडामा   जिल्लाको सबैभन्दा अन्तिम वडा पुर्ण खोप घोषणा हुँदा उहाँले स्वास्थ्यमा अझै धेरै मिहेनत गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य समाजले मात्रै स्वास्थ्य देश बन्ने भन्दै उहाँले वालवालिका देखि नै स्वास्थ्य जनशक्ति बनेमा मात्रै देश स्वास्थ्य हुन सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले अब देश स्थानीय तहमा गईसकेकाले राम्जाका महिला समुहको क्षमता बिकासका  कार्यक्रम तर्जुमा गरेको बताउनुभयो । राम्जा वडाध्यक्ष तथा हेल्थ्पोस्ट सभापति बसन्त बहादुर गुरुङ र पर्बत जिल्ला जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बोलेका थिए । उक्त कार्यक्रममा वडाका  एक दर्जन स्वयमसेवक र जग्गादातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी रणबहादुर क्षेत्री नेपाली काँग्रेसका प्रतिनीधी नारायण प्रसाद शर्मा ,नेकपा एमालका प्रतिनिधी रमेश गौतम लगायतले बोलेका थिए । सो अवसरमा हेल्थ पोस्टका जग्गादाता रुद्र प्रसाद शर्मालाई प्रमाणपत्र र सम्मान पत्रले समान्न गरिएको थियो । पुर्ण खोप वडा घोषणा समारोहमा महिला आमा समूहले स्वास्थ्य गित प्रस्तुत गरेका थिए । 

मोदी ७ राम्जाका वडा सचिव गोकुल प्रसाद शर्माको स्वागत र स्वास्थ्यकर्मी मिठुलाल सि.के को सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)