Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1750




अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने लोकमार्गको निर्माण तीव्र
अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने लोकमार्गको  निर्माण तीव्र

वैशाख ८, पर्वत ।झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।

लोकमार्ग अन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ । उक्त सडकखण्डको काम एक वर्ष्भित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नाली बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ ।

यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त लोकमार्ग १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ ।

सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)