Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2808




पर्वतमा प्रदेश– ४ स्तरिय ब्याडमिन्टल प्रतियोगिता हुने
पर्वतमा प्रदेश– ४ स्तरिय ब्याडमिन्टल प्रतियोगिता हुने

साजन परियार, बैशाख ११,पर्वत –पर्वतमा शनिवारदेखि प्रदेश नम्वर–४ स्तरिय ब्याडमिन्टल प्रतियोगिता हुने भएको छ । पर्वत ब्याडमिन्टन संघ पर्वतले नयाँ बर्ष तथा संघको नवनिर्मित कभर्ड हल उद्घाटनको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

बैशाख १५, १६ र १७ सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नम्वर ४ सहित मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र पाल्पा लगायतका जिल्लाका खेलाडीहरु प्रतियोगितामा समावेस गरिने छन् । पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेम गुरुङ‘माईला’ का अनुसार प्रतियोगितामा मेन्स सिंगल, तथा डबल्स खुल्ला, ब्याडीमिन्टर तथा राष्ट्रिय खुल्ला भेट्रान्स प्रतियोगितामा संघ र क्लववाट खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा १ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न रु ८ लाख खर्च हुने अध्यक्ष गुरुङले बताउनु भयो । यसका लागि ७ लाख ५० हजार रकम संकलन भईसकेको र अन्य रकमका लागि गृहकार्य भईरहेकोे गुरुङले बताउनु भयो । 


संघले प्रतियोगितास्थल कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल पर्वत ब्याडमिन्टन संघका सचिव अर्जुनप्रसाद चपागाईले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष खुल्ला डबल्स, पुरुष खुल्ला सिंगल, भेट्रान्स डबल्स९४५ बर्ष देखी माथी०, जुनियर डबल्स ९स्थानीय खेलाडी मात्र०,खुल्ला भेट्रान्स हाफ म्याराथुन दौड प्रतियोगिता ९४० बर्ष भन्दा माथीका लागि प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा पुरुष खुल्ला डबल्समा प्रथम, द्धितिय र तृतियलाई क्रमश ः ४५ हजार, ३० हजार र १५ हजार, पुरुष खुल्ला सिंगल प्रतियोगितामा प्रथमलाई १० हजार, द्धितियलाई ६ हजार र तृतियालाई ३ हजार, भेट्रान्स डबल्स प्रतियोगितामा ४० हजार, २५ हजार र १२ हजार, जुनियर डबल्स प्रतियोगितामा  २० हजार, १२ हजार, ६ हजार, त्यस्तै खुल्ला भेट्रान्स हाफ म्याराथुन दौड प्रतियोगितामा प्रथम ५ हजार, ३ हजार र २ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्वत ब्याडमिन्टन संघ पर्वतका अध्यक्ष प्रेम गुरुङ‘माईला’ले पर्वतमा समेत व्याडमिन्टन क्षेत्रमा राम्रा राम्रा खेलाडी उत्पादन गरेको बताउँदै अध्यक्ष गुरुङले प्रतियोगिताबाट ब्याडमिन्टन खेलको विकास हुनेमा आशा व्यक्त गर्नुभयो । उहाँले प्रदेश नम्वर ४ हुने प्रतियोगिताले यस क्षेत्रको आर्थिक, सामजिक र पर्यटकिय क्षेत्रको विकास हुने बताउनु भयो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)