Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

4212




यूकेमा छमछमी नचाए बिमलराज क्षेत्रीले
यूकेमा छमछमी नचाए बिमलराज क्षेत्रीले

पर्वत सेवा समाजले यूकेले नयाँबर्षको अवसरमा आयोजना गरेको नयाँ बर्षको बिशेष कार्यक्रममा गायक बिमलराज क्षेत्रीले युकेमा बसोबास गर्ने नेपालीहरुलाई छमछमी नचाएका छन् । लामो थकान र दौरानका बिच युके पुगेका गायक क्षेत्रीले करिव एक दर्जन गित गाएर उपस्थित दर्शकहरुलाई जुरुक्क जुरुक्क हुने गरि प्रस्तुती दिए । जव उनले मञ्चमा माईक समाएर गित गाउन शुरु गरेथे दर्शकहरु ननाचिकन बस्नै सकेनन् । यो बर्ष अप्रिल २१ मा अल्डरसटस्थित एम्पायर हलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।


सोही कार्यक्रममा अतिथी कलाकारको रुपमा बिमलराज क्षेत्री पुगेका थिए । उनले स्वर दिएका दोहोरी र लोकगित सुनेर युकेवासी पर्वते नेपालीहरु मन्त्रमुग्ध नै बने । गायक क्षेत्रीको आवाजमा फिदा हुने यूवायूवतीहरु धित मर्ने गरि नाचेर मनोरन्जन लिएका थिए । उनको प्रस्तुतीलाई युकेमा रहेका नेपालीहरु सहित पर्वत नेपाल डट.कमको टोलीले फेसबुक मार्फत लाईभ समेत गरेको थियो । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)