Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1746




कठै बर नगरवासी ? खानेपानीको हाहाकार
कठै बर नगरवासी ? खानेपानीको हाहाकार

साजन परियार, शंकरपोखरी । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा बाटो खन्ने क्रममा खानेपानीको लाईन खल्वलिएर खानेपानीको हाहाकार भएको छ । कार्किनेटा हुँदै फलेवास जोड्ने गरि सडकको स्तरउन्नती गर्न थालिएको छ ।

डोजरले बाटो खन्ने क्रममा गैह्राखोला देखि पल्लो मैदान सम्मको २ सय मिटर क्षेत्रफलमा खानेपानीको पाईप डोजरले उधिनेपछि खानेपानीको आपुर्ती एकहप्तादेखि बन्द रहेको छ । डहरेदेउराली खानेपानी आयोजनाको पाईप लाईन बिग्रिएपछि ७ सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । साविकको वार्ड नम्बर १, ५, ७ र ८ का बासिन्दा खानेपानीको समस्यामा परेको स्थानीय पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

खानेपानीको लाईन डोजरले फालेपछि मैदान, पुर्कोट र शंकरपोखरीको डाँडा, धुविकोट लगायतका बस्तीमा पानीले जनजीवन अस्तव्यस्त बनेको दर्जीले बताउनुभयो । बाटो खन्दा पाईप लाईनको ख्याल नै नगरि खनिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

बिकासका नाममा बिनास भएको भन्दै सरोकारवाला निकायलाई संबेदशिलताको ख्याल गर्न स्थानीयले भनेका छन् । बाटो खन्न रोकेर भएपनि पहिला खानेपानीको लाईन सुधार गर्न फलेवास नगरपालिकालाई स्थानीयले आग्रह गरेका हुन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)