Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1838




साथीको हत्या गर्ने हत्यारा प्रहरी खोरमा
साथीको हत्या गर्ने हत्यारा प्रहरी खोरमा

बैशाख १२, पर्वत । पर्वतको पैयुँ गाउँपालिका ४ बाट एक व्याक्तिलाई प्रहरीले कर्तव्य ज्यान उद्योगको आरोपमा पक्रेको छ ।

पर्वत पैयुँ गाउँपालिका वडा नम्वर ४ मा याम वहादुर हिताङको निर्माणाधिन घर निर्माण गरिरहेको बेला धकलेर सहकर्मीको हत्या गरेको आरोपमा रुपन्देहीको देवदह नगरपालिका ६ का भिम वहादुर सुनारलाई पक्राउ गरिएको हो ।

भारत स्थित विहार राज्य पश्चिम चम्परा वाल्मिकी थाना विसाहा गाउ घर भएका सन्तोष साहलाई हत्या गरेको सुनारमाथी आरोप लागेको छ । 

घरको दोस्रो तल्लाको वरन्डावाट धकेली भुईमा पछारिन गई उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा लगिएकोमा साहको मृत्यु भएको थियो । घटना यहि वैशाख १ गते घटेको प्रहरीले जानकारी दिएको छ । 

घटनापछि सोहि दिन भिम वहादुर सुनारलाई तत्काल ईलाका प्रहरी कार्यालय हुवास पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

अनुसन्धानको क्रममा आरोपी सुनारले भैझगडा हुँदा साहलाई धकेलेर खसालेको स्विकारेका छन् । सुनारलाई जिल्ला अदालत पर्वतवाट कर्तव्य ज्यान मुद्धा शिर्षकमा चार दिनको म्याद थपि थप अनुसन्धान भैरहेको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)