Correspondent, ParbatNepal
8 years ago
2631
साजन परियार बैशाख १२, पर्वत । पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा सञ्चालित जनकल्याण माद्यामिक विद्यालयमा सञ्चालन भएको स्वर्ण महोत्सवको आर्यव्यय सार्वजानिक गरिएको छ । गत चैत्र २५ गतेदेखी २९ गतेसम्म सञ्चालन भएको महोत्सवमा ६४ लाख २२ हजार ८ सय १० रुपैयाँ आम्दानी भएको छ ।
आयव्यय सार्वजानिक कार्यक्रममा २१ लाख २३ हजार रुपैयाँ खर्च भएको आर्थिक संयोजक भिमवहादुर खड्काले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विहादी गाउँपालिकाले ५ लाख, विहादी गाउँपालिका १ बाच्छाले १ लाख ९० हजार र विभिन्न व्यक्तिहरुवाट ५७ लाख ३२ हजार ८ सय १० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा बोल्दै विहादी गाउँपालिका १ का वडा अध्यक्ष हेमनाथ आर्चायले विद्यालयले प्राविधिक शिक्षाका लागि महायज्ञ आयोजना गरेको र उक्त महायज्ञ सफल भएको बताउनु भयो । उहाँले महायज्ञवाट संकलित रकमको. सहि सदुपयोग गरी शैक्षिक स्तरोन्नतिमा लगाउन विद्यालयलाई आग्रह गर्नुभयो । साथै उहाँले महायज्ञ सफल बनाउन सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
उक्त कार्यक्रममा महायज्ञमा सहयोग गर्ने सहयोगदातालाई सम्मानपत्र र प्रशंसापत्र वितरण गरिएको थियो । उक्त अवसरमा विद्यालयले शैक्षिक सत्र २०७४को पुरस्कार वितरण समेत गरेको थियो । सोही कार्यक्रममा महायज्ञमा भएको आन्तिरिक खेलमुद कार्यक्रमको पुरस्कार वितरण समेत गरेको शिक्षक उमाकान्त बस्नेतले जानकारी दिनुभयो ।
साथै सोही कार्यक्रममा कक्षा ११ का विद्यार्थी भाईबहिनीहरुले कक्षा १२ का विद्यर्थीलाई विदाई गरेका छन् । विद्यालयका अध्यक्ष भिमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक हरि पराजुली र कार्यक्रमको सञ्चालन शिक्षक किसान खड्का र जयश्वर पाध्यले गर्नुभएको थियो ।
