Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1625




एमाले पर्वतद्धारा जनप्रतिनिधीहरुलाई कडा चेतवानी
एमाले पर्वतद्धारा जनप्रतिनिधीहरुलाई कडा चेतवानी

साजन परियार बैशाख १२, पर्वत । नेकपा एमाले पर्वतको आयोजनामा जनप्रतिनिधि र पार्टीबीचको सम्वन्ध तथा सहकार्य विषयक अन्तरक्रिया सम्पन्न भएको छ । 

लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य पदम गिरीले पार्टी भन्दा ठुलो जनप्रतिनिधि हुन नसक्ने बताउँदै पार्टीका मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीले टिकट दिएर चुनाव जित्ने त्यसपछि पार्टी हित विपरित काम गर्ने छुट कसैलाई नभएको बताउँदै त्यस्ता कार्यकर्ताहरुलाई कारवाहिको दायरमा ल्याईने बताउनुभयो ।

 कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले आफु जुन दलले टिकट दिएर निर्वा्चित भएको हो त्यो दलसँगको अन्तरसम्वन्ध प्रभाकारी हुनुपर्नेमा जोड दिनुभयो । नागरिकलाई सेवा दिने क्रममा निष्पक्ष भएर सेवा दिनुपर्नेमा जोड दिँदै पौडेलले जनप्रतिनिधिका हरेक महत्वपुर्ण निर्णयहरु पार्टीको निर्देशन अनुसार हुनुपर्ने बताए । 

सो अवसरमा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, गोविन्द पहाडि लगायतले बोल्नुभएको थियो भने । 

कार्यक्रममा सहभागि पार्टी प्रतिनिधि र कुश्मा नगरपालिकाका निर्वा्चित वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले आ–आफ्ना गतिविधि र पार्टीबीचको सम्वन्धका बारेमा बोलेका थिए । 

कार्यक्रमको संचालन स्थानीय विभाग सदस्य रुद्र केसीले गरेका थिए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)