Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2425




फलामखानी स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा
फलामखानी स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा

लक्ष्मण विश्वकर्मा बैशाख १२, पर्वत । पर्वतको महाशिला वार्ड नं ६ फलामखानीमा रहेको फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे सुरक्षित प्रसुति सेवा सन्चालनमा आएको छ ।

मंगलवार गाउँपालिकाले फलामखानी स्वास्थय चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको हो ।

फलामखानी स्वास्थ्य चौकिको कार्यलयमा आयोजित कार्यक्रममा वोल्दै महाशिला गाउँपालिकाका प्रमुख राजु प्रसाद पौडेलले गाउँपालिका भित्रका हरेक नागरीकको स्वास्थय प्रति आफुहरु सचेत र जिम्मेवारी ढङगले प्रस्तुत हुने बताउनु भयो ।

स्वास्थय जस्तो सम्बेधनशिल कुरामा सरकारले संबिधानमा नै मैलिक हक अधिकारको ग्यारेन्टी गरेको भन्दै स्वास्थय सेवालाई चुस्तद्रुस्त तरिकाले अगाडी बढाउने उहाँले बताउनु भयो । महाशिला गाउँपालिका भित्र रहेका सवै ६ ओटै वडामा २४ घण्टे प्रसुति सेवा सञ्चालन गर्ने अभियान अनुरुप चौथो वडाको रुपमा फलामखानी स्वास्थय चौकिमा उक्त सेवा सञ्चालन गरीएको महाशिला गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरिले जानकारी दिनु भयो । 

हाल गाउँपालिकाका ६ वटा वडाहरु मध्ये वार्ड नं ६  फलामखानी संगै पाखापानी, लुङख देउराली र होस्राङ्दीका स्वास्थ्य चौकिमा २४ घण्टे सुरक्षित प्रसुति सेवा सन्चालनमा आएको र बाँकी २ वटा वार्डहरु वार्ड नं २ भोक्सिङ र वार्ड नं ३ बालाकोटमा पनि यहि बैसाख महिनाभित्र सेवा पुर्याइने प्रवक्ता ठकुरिले बताउनु भयो । 

कार्यक्रममा गाउँपालिकाका स्वास्थय शाखा प्रमुख नरबहादुर बराल, प्राथमिक स्वास्थय चौकि लुङखुका डाक्टर विपिन घिमिरे, मदन आश्रीत मावि फलामखानिका प्रअ खड्क बहादुर क्षेत्रि, फलामखानी आधारभुत विध्यालयका प्रअ गोविन्द बहादुर विक, नेकपा एमालेको तर्फवाट बलबहादुर क्षेत्रि, माओवादि केन्द्रका क्षेत्र बहादुर क्षेत्रि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 महाशिला ६ फलामखानीका वडा अध्यक्ष तथा स्वास्थय चौकि व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य फलामखानी स्वस्थय चौकिाका प्रमुख डा. जय किशोर पण्डित र कार्यक्रमको सञ्चालन डा. दिनेश राउतले गर्नु भएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)