Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1769




बिहादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा यस्तो सहमती भयो
बिहादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा यस्तो सहमती भयो

बैशाख १३, पर्वत । पर्वतको बिहादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा समझदारी कायम गरिने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभएको छ ।

बुधवार केन्द्र सार्न माग गर्दै पुगेका जनप्रतिनिधीहरुको ज्ञापनपत्र बुझदै भुसालले केन्द्र अपायक रहेको कुरामा समझदारी आवश्यक रहेको बताउनुभयो । सबैको सहमती लिएर केन्द्रको बिषय टुंगाउन सकिने बताउँदै उहाँले धेरै बिबाद गर्नु आवश्यक नरहेको बताउनुभयो । 

बुधवार ३ वटा वडाका जनप्रतिनिधीहरु केन्द्र सार्ने माग लिएर गाउँपालिकाको केन्द्रमा पुगेका थिए । अध्यक्ष भुसाललाई ज्ञापनपत्र बुझाइएको वार्ड नम्बर २ वर्राचौरका वडाध्यक्ष ओमप्रसाद कुँवरले बताउनुभयो । वार्ड नम्बर १ बाच्छा, २ वर्राचौर र ३ रानीपानीका जनप्रतिनिधीहरु केन्द्र सार्ने कुरामा जोड बलले लागेका छन् ।

रानीपानीको माझगाउँमा केन्द्र सार्ने कसरत भैरहेको छ । यसमा अनय वडाको समेत सहमती जुटाउनुपर्ने अध्यक्ष भुसालको अडान छ । केन्द्र सार्न वार्ड नम्बर २ का अध्यक्ष ओमप्रसाद कुँवरको अध्यक्षतामा एक समिति वनाइएको छ । 

समितिले माझगाउँ कालीगण्डकी लोकमार्गको पहुँच भएको, खानेपानीको उचित व्यवस्था, समथर जग्गा र बाच्छादेखि वहाकीसम्मको विच भाग रहेको कारण केन्द्र यहाँ सार्नुपर्ने माग उठाइएको कुँवरले बताउनुभयो । 

स्थानीयले ११० रोपनी जग्गा निशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिसकेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)