Correspondent, ParbatNepal
8 years ago
1632
पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
तिलाहारबाट बाजुङ जाँदै गरेको यात्रुवाहक ग १ ख ६२६९ नम्बरको बस साँझ ४ः२० बजे दुर्घटनामा परेको हो । घाइते २८ जनामध्ये २१ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको मणिपाल अस्पताल, पोखरा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइतेमध्ये धेरैजसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाइतेको अवस्था सामान्य रहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३४ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुनेमा मोदी गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् ।
गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।
