Correspondent, ParbatNepal
8 years ago
1946
कामना रेग्मी कुश्मा, पर्वत । महिलाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले पर्वतको कुश्मामा आयोजना गरेको एक महिने कुशन (घर सजावट सामग्री) निर्माण तालिम सम्पन्न भएको छ । फागुन २८ गतेवाट शुरु भएको तालिम विहिवार सम्पन्न भएको हो ।
व्यवसायिक सिप विकास तालिम केन्द्रको सहयोग र सिसेफ महिला समुहको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास सँगै आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको सिसेफ महिला समुहकी सचिव कामना रेग्मीले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा बोल्दै व्यावसायिक सिप विकास तालिम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले सिकेको सिपलाई खेर नफाल्न आग्रह गर्नुभयो । उहाँले कुशनवाट मनग्गे आम्दानी गरि जिविको पार्जनमा सुधार ल्याउन जोड दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सुवेदीले महिलाहरुले सिकेको सिप प्रयोगमा ल्याउन कुनै समस्या भए औजार मिशिनहरु समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछानेले महिलाहरुको आवश्यतालाई पहिचान गरि आगमी दिनमा पनि अन्य तालिम सञ्चालन गर्ने बताउनु भयो । तालिममा सहभागि विष्णु के सी, धौलागिरी वहुद्देश्य सहकारी संस्थाका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बोल्नुभएको थियो ।
उक्त कार्यत्रमको सञ्चालन सिपसेफका सचिव कामना रेग्मीले गर्नुभएको थियो ।
