Correspondent, ParbatNepal
8 years ago
1887
बैशाख १४, पर्वत । शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयका विरुद्ध उजुरी परेको छ ।
छिमेकी बिद्यालयका सञ्चालकहरुलृ विभिन्न आ।ो लगाउँदै उक्त बिद्यालयका बिरुद्धमा कुश्मा नगरपालिकामा उजुरी गरेका हुन् । कुश्मा नगरपालिकाको वडा नं ५ मा सञ्चालित शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयलाई वडा नं ६ मा स्थानान्तरण गर्दा शिक्षा नियमावली विपरीत भएको भन्दै अन्य संस्थागत विद्यालयले कार्वाहीको माग गरेका छन् ।
नमुना आवासिय मावि, कालिगण्डकी एकेडेमी, राष्ट्रिय वाल शिक्षा सदन र गुरुकुल एकेडेमीले नगरपालिकाको सामाजिक विकास समिति वडा नं ५ र वडा नं ६, नगरशिक्षा अधिकृतको कार्यालयमा कार्वाहीको माग गर्दै उजुरी दिएका हुन् ।
नवौ शिक्षा नियमावली ऐनको खिलाप हुने गरि स्थानीय तहसँग स्विकृति नलिई विद्यालय स्थानान्तरण गरिएको लगायतका आरोप शहिद स्मारक माविमाथी लगाइएको छ ।
