Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1768




पर्वतमा मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा स्थापना
पर्वतमा मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा स्थापना


बैशाख १७, पर्वत । राष्ट्र बैंकवाट ‘क’ वर्गको इजाजत्र प्राप्त बाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ । 

धौलागिरि अञ्चलमै पहिलो शाखाको रुपमा आइतवार उद्घाटन गरि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । उक्त शाखाको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले कुश्माबजारमा बैंकहरुको आकर्षण बढ्दै गएको बताए । उनले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए ।

 बैंकको आकर्षण बढ्दो छ, तर यो ठाउँको व्यापार व्यावसाय घट्दै गएकाले बैंकहरुले साना लगानीका उद्यमी व्यावसायीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मेगा बैंकका नायब महाप्रवन्धक तुलसीराम पोखरेलले उक्त बैंकले प्रवाह गर्दै आएका सेवाहरुको बारेमा जानकारी गराएका थिए । बैंकको कुश्मा शाखाले सवैखाले सेवा सुविधाहरु प्रदान गर्ने भएको छ । उनले हलोदेखि हाईड्रोसम्मलाई प्राथमिकतामा राखेर बैंकले लगानी गर्दै आएको जानकारी दिए ।

बैंकका संचालक इन्द्र बहादुर मल्ल ठकुरीले मर्जरकै कारण केही बैंकहरूको वित्तीय विवरणहरूमा सुधार देखिरहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मेगा बैंकको पनि मर्जरको प्रक्रिया अघि बढेको जानकारी दिए । नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको उनले भनाई छ ।

मेगामा टुरिजम बैंक गाभिएपछि झण्डै एक सय भन्दा बढि शाखा र एक्सटेन्सन शाखाहरु पनि बृद्धि हुने बैंकले जनाएको छ । गणेश पौडेलको सञ्चालन रहेको समारोहमा बैंकका शेयर सदस्य तथा उद्योग बाणिज्य संघका पूर्व केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, शाखा प्रवन्धक उमाकान्त तिवारी लगायतले बोलेका थिए । 

एक वर्ष अघिदेखि कारोबार गर्दै आएको कुश्मा  शाखाले ११ करोड निक्षेप संकलन गर्न सफल भएको छ भने ५ करोड कर्जा लगानी गरेको शाखा प्रवन्धक तिवारीले जानकारी दिए । यो बैंक सँगै कुश्माबजारमा निजि क्षेत्रका बैंकको संख्या ७ पुगेको छ । 

यस अघि कुमारी, एभेरेष्ट, ग्लोबल, प्रभु, एनआईसी एशिया, बंगलादेश बैंकले कारोबार गर्दै आएका छन् ।  भने विकास बैंक र लघुवित्तिय संस्थाहरु झण्डै एक दर्जनाको संख्यामा रहेका छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)