Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1606




पर्वतमा प्रदेश स्तरीय खुल्ला ब्याडमिण्टन सम्पन्न
पर्वतमा प्रदेश स्तरीय खुल्ला ब्याडमिण्टन सम्पन्न

पर्वत, १७ बैशाख । प्रदेश नम्बर ४ स्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सोमबार कुश्मामा सम्पन्न भएको छ । प्रतियोगितामा मेन्स डबल तर्फ कास्कीका भुगोल गुरुङ र विशाल खड्गा प्रथम भए भने म्याग्दीका रोमन वानियाँ र कास्कीका शम्भु श्रेष्ठले द्धितिय स्थान हासिल गरे ।
प्रदेश स्तरीय खेलमा मेन्स सिंगल तर्फ कास्कीका भुगोेल गुरुङ प्रथम र द्धितीय उपाधि कास्कीकै विशाल खड्गाले हात पारे ।
त्यस्तै प्रदेश स्तरीय खुला भेट्रान्समा कास्कीका बिरेन्द्र श्रेष्ठ र उपेन्द्र श्रेष्ठले विजयी हासिल गरे भने म्याग्दीका राजेन्द्र शाक्य र मुन्ना के.सी उपविजेता बने । मेन्स डबलको स्थानीय तर्फ कुश्माका टंक बस्याल र प्रदिप तिम्लिसिना प्रथम र द्धितीय नविन गुरुङ र जित बहादुर पुन भए ।
बैशाख १५ गतेदेखि सञ्चालन भएको खेलमा प्रदेश नं. ४ का विभिन्न जिल्ला सहित मकवानपुर, चितवन, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट समेत खेल समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा खेल समुहलाई मेन्स डबल तर्फ प्रथम, द्धितीय र तृतीय पुरस्कार ४५ हजार, ३० हजार र १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने मेन्स सिंगल तर्फ प्रथम द्धितीय र तृतीय क्रमश १० हजार ६ हजार र तीन हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी ४५ बर्ष भन्दा माथिल्लो उमेर समुहका खेलाडीहरुको विजेता समुहलाई प्रथम, द्धितीय र तृतीय क्रमश ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्थानीय खेलाडीहरुलाई प्रोत्साहन स्वरुप खेलाइएको मेन्स डबल खेल तर्फका विजेतालाई समेत क्रमश प्रथम, द्धितीय र तृतीय पुरस्कार २० हजार, १२ हजार र ६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । तीन दिन सम्म सञ्चालन भई सम्पन्न भएको खेलमा विभिन्न विधाका १ सय २४ भन्दा बढी खेल समुहले भाग लिएका थिए ।
पर्वत ब्याटमिन्टन संघका अध्यक्ष प्रेम गुरुङ‘माईला’को अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता समापनका अवसरमा नेपाल ब्याडमिण्टन संघका राष्ट्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठले पछिल्लो समयमा व्याडमिण्टन खेल तर्फ युवाहरुको आकर्षण बढ्दै गएको बताउँदै यसलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन प्रतियोगितात्मक कार्यक्रमहरुले महत्व राख्ने बताए ।
यस अघि प्रतियोगिताको उद्घाटन सँगै सञ्चालन भएको म्याराथुन दौड प्रतियोगितामा म्याग्दीका गोपाल कार्की प्रथम भए भने द्धितीय कुश्मा नगरपालिका १ का दिपक कार्की र तृतीय जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे भएका थिए । विजेता प्रतियोगीलाई जनही ५ हजार ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पर्वत ब्याटमिन्टन संघका महासचिव अर्जुनप्रसाद चापागाँईले गरेका थिए । समापनका अवसरमा खेल सञ्चालनमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मानित समेत गरिएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)