Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

6106




प्रथम बगाले थापा दिवसको भव्य तयारी
प्रथम बगाले थापा दिवसको भव्य तयारी

सन्तोष थापा- पर्वत,१८ बैशाख ।  बगाले थापाहरुको ऐतिहासिक स्थल म्याग्दीको ताकममा प्रथम बगाले थापा दिवस मनाउने भव्य तयारी गरिएको छ । सयौँ बर्ष अघिदेखिको इतिहासलाई स्मरण गर्दै धौलागिरि बगाले थापा क्षत्री समाजले बैशाख २२ गते म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा प्रथम बगाले थापा दिवस मनाउन लागेको हो । 

समाजले बगाले थापाहरुका मुल पुरुष कालु थापाको जन्मजयन्तीलाई आधार बनाएर बगाले थापा दिवस मनाउन लागेको हो । सो सँगै बगाले थापाहरुको उद्गम स्थल ताकममा करिव ३० लाखको लागतमा निर्मित ऐतिहासिक निशान कालिका मन्दीरको उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको समाजका अध्यक्ष भिमबहादुर थापाले बताए । 

उक्त कार्यक्रममा सहभागी हुनका लागि समाजले दोलखा, बाँके, रुकुम, कास्की, काठमाण्डौ लगायतका विभिन्न स्थानमा रहेको बगाले थापा बन्धुहरुलाई पत्राचार समेत गरिएको समाजका सचिव राज थापाले जानकारी दिए । बगाले थापा समाज धौलागिरिले विभिन्न स्थानमा रहेका बन्धुहरुसँग सहयोग संकलन गरेर उक्त निशान घर निर्माण गरेको हो । निशान मन्दिरलाई नेपाल भर छरिएर रहेका बगालेथापा बन्धुहरुलाई एकत्रित गरी कुल पितृको स्मरण स्थलका रुपमा विकास गर्ने योजना बनाइएको निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापाले जानकारी दिए । 

२२ गते आयोजित कार्यक्रमको व्यवस्थापनका लागि विभिन्न १० वटा उपसमितिहरु समेत बनाइएको समाजले जनाएको छ । म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने ऐतिहासिक ताकम कोटमा बगाले थापाहरुकै भाइभारदारहरुले परापुर्व कालमा राज्य सञ्चालन गरेको किम्बदन्ती समेत रहिआएको छ ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)