Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1797




श्रमिक दिवसमा १४ जना बालबालिकालाई पोषक वितरण
श्रमिक दिवसमा १४ जना बालबालिकालाई पोषक वितरण

साजन परियार–पर्वत । दिवसहरु मनाउने आ–आफ्ना तरिका हुन्छन् । कतिले अनौपचारीक रुपमा मनाउने गर्दछन् भने कतिले औपाचारिक रुपमा दिवस मनाउने गर्दछन् । तर, टे«ड युनियन काँग्रेस पर्वतले भने १ सय २९ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कुश्मा सदरमुकाममा अवस्थित बाल मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत श्रमिकका बालबलिकालाई शैक्षिक सामग्री वितरण गरेको मनाएको छ । 

टे«ड युनियन काँग्रेसले विद्यालयमा अध्ययनरत  ५ जना श्रमिकका बालबालिकालाई स्कुलले पोषक(डे«स) वितरण गरेर छ । त्यस्तै उक्त अवसरमा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले सोही विद्यालयमा अध्ययनरत ९ जना बालबालिकालाई स्कुलले पोषक वितरण गर्नुभएको छ ।साथै सोही अवसरमा जिल्ला कारागार पर्वतमा रहेका बन्दीहरुलाई फलफुल वितरण गरिएको छ ।


कारागारमा रहेका ७२ पुरुष र ५ महिलालाई फलफुल वितरण गरिएको टे«ड युनियन काँग्रेस पर्वतका सचिव गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा टे«ड युनियन काँग्रेस समर्थन विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकारी र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी श्रमिकहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने बताउनु भयो । उहाँले श्रमको सम्मान गदै सबै श्रमिकहरुको अधिकारलाई राज्यले अवलम्वन गर्नुपर्ने धारण राख्नुभयो ।

टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य टे«ड युनियन काँग्रेस पर्वका उपाध्यक्ष जानकीकुमारी शर्मा र कार्यक्रमको सञ्चालन टे«ड युनियन काँग्रेस पर्वतका सचिव गोविन्दप्रसाद पौडेलले गर्नुभएको थियो । 

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)