Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1537




नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण दिने
नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण दिने

बैशाख १८, पर्वत । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।


चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ।


तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए।


प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ। रासस

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)