Correspondent, ParbatNepal
8 years ago
1892
१। संक्रमण
संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कानमा कानेगुजी भरीनु, पाक्नु, दुख्नु, कानमा पीप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पीप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानमा नङ बराबरको एउटा हड्डि हुन्छ त्यो पाक्दै जादा मस्तिष्कमा संक्रमण पुग्यो भने ज्यानै जाने संभावना पनि हुन्छ ।
२। श्रवणशक्तिमा ह्रास
सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास ल्याउँछ । ६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । नेपालमा इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरुमा बहिरोपनको जोखिम रहेको हुन्छ ।
४। कान दुखाइ
कानमा संक्रमण फैलिएमा र कानबाट कानेगुजी आउने बाटो अवरुद्घ भएमा कान दुख्छ । कानेगुजी निकाल्नलाई कोट्याउँदा र कान सफा गर्न तेल हाल्दा पनि कान दुख्छ । कानभित्र जम्मा भएको कानेगुजी प्राकृतिक रुपमा आफैँ निस्किन्छ । अप्राकृतिक ढंगले कानेगुजी निकाल्न कान कोट्याउँदा कानेगुजी निस्किने बाटो बन्द हुन सक्छ र कान दुख्छ । कसैकसैमा कानभित्र ठोसपदार्थ धेरै भयो र झोल पदार्थ थोरै भयो भने कानेगुजी बाहिर सहजै ननिस्किन सक्छ, त्यस्तो अवस्थामा चाहिँ चिकित्सकको परामर्श लिई कान सफा गर्नुपर्छ । यस्तै, पटक–पटक रुघाखोकी लागिरहने र शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएकालाई पनि कानको समस्या आउँछ ।
५। कान चिलाउने
शरीरमा दाद र कपालमा चाया भने जस्तै, कानभित्र पनि दाद र चायाँ दुवै हुन्छ । कानभित्रको दादलाई डर्माटाइटिस भन्ने गरिन्छ । कान चिलाउने अर्को कारण ‘फंगस इन्फेक्सन’ हो, जसलाई हामी ढुसी पलाउने भन्छौँ । कानमा ढुसी जम्मा हुँदा कान चिलाउने गर्छ । ढुसी पर्ने समस्या मधुमेहका बिरामी, कान कोट्याउने र तेल हाल्ने बानी भएकामा बढी हुन्छ । त्यसैले पनि कानमा तेल राख्नुहुँदैन ।
कानको संक्रमणका कारण मेनिन्जाइटिस, मस्तिष्कमा पिप जम्ने रोग, मुख बांगिने आदि समस्या देखापर्ने गर्छ । कानमा कुनै पनि प्रकारको समस्या देखिएमा बेलैमा सचेत हुनुपर्छ । कान दुखाइसँगै कानका समस्या सामान्य त हुन् नि भनेर चिकित्सककहाँ बेलैमा नजाने हो भने मानिस कान नसुन्ने अवस्थामा पुग्न सक्छ ।
कान सम्बन्धी रोगहरुबाट बच्ने उपाय
कान कोट्याइरहने वा कानेगुजी निकालिरहने काम नगर्ने । कानमा कुनै पनि झोल पर्दाथ नहाल्ने ।बालबालिकामा कानकोे समस्या भए नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने ।ध्वनि प्रदूषण बाट बच्ने ,एरफोन धेरै समयसम्म प्रयोग नगर्नेवैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने ।कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।संक्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने ।
