Correspondent, ParbatNepal
7 years ago
1663
बैशाख १९, पर्वत - पर्वत सदरमुकाम कुश्मा बजारमा संचालित पर्वत गुरुकुल एकेडेमीले आँपूmहरुले शिक्षण गरेबापतको तलब नदिएको भन्दै पूर्व शिक्षकहरुले नगरपालिका निवेदन दिएका छन ।
नगर शिक्षा अधिकृतको कार्यालयमा पेश गरिएको निवेदनमा विद्यालयमा असहज वातावरण बनेपछि विद्यालय छोडेर निस्किएका पाँच जना शिक्षकहरुलाई तलब नदिएको भनी उल्लेख गरिएको छ । विद्यालयका पूर्व शिक्षकहरुले २०७४ मंसिरदेखि फागुन सम्म ४ महिनाको तलब माग्दा विद्यालय प्रशासन र संचालकहरुले विद्यालय छोडेकै कारण तलब दिन ईन्कार गरेको बताएका छन ।
निवेदनमा कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मौखिक रुपमा उजुरी गरेपछि यसअगाडि नै विद्यालयका अध्यक्ष ओमकार श्रेष्ठले वैशाख १५ गते भित्रमा पारिश्रमीक र संचयकोषको रकम दिने भनी प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएको शिक्षकहरुले बताएका छन ।
शिक्षकहरुले नगरपालिकामा पेश गरेको निवेदनमा श्रम ऐन २०७४ को परिच्छेद ८ दफा ३४, ३५ र ३८ तथा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ को नवौँ शंसोधन २०७४ को परिच्छेद १८, नियम १ सय ५ र सोही नियमको उपनियम क बमोजीम विद्यालयलाई कारबाही गरी पारिश्रमीक बापतको रकम उपलब्ध गराईदिन अनुरोध गरिएको छ ।
