Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1482




पर्वतमा पहिलो पटक डेढ दर्जन संचारमाध्यमलाई सम्मान
पर्वतमा पहिलो पटक डेढ दर्जन संचारमाध्यमलाई सम्मान

साजन परियार बैशाख १९, पर्वत । सूचना तथा संचार प्रविधिको विस्तारस सूचना र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको अवसरमा क्यान पर्वतले आज जिल्लास्थित विभिन्न संचारमाध्यमहरूलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्लाबाट प्रकाशित एकदर्जन अखबारका सम्पादकहरू र रेडियोका स्टेशन म्यानेजरहरूलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले अहिलेको युग सूचना प्रविधिको युग भएको वताउँदै यसको विकासका लागि क्यान पर्वतले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको वताउनु भएको थियो । अध्यक्ष शर्माले जिल्लाका हरेक स्थानीय तहमा सूचना प्रविधिको विकास गर्न क्यान पर्वतलाई आग्रह समेत गर्नुभएको थियो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले क्यान पर्वतले सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा क्यान पर्वतसँग नेपाल पत्रकार महासंघ पर्वत सहकार्य गर्न तयार रहेको वताउनु भएको थियो ।


राष्ट्रिय सूचना तथा संचार प्रविधि मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा सूचना प्रविधिको विकासका लागि पर्वतमा स्थापना भएर यहाँका संचारमाध्यमले पुर्याएको योगदानलाई कदर गर्दै जिल्लास्थित सबै संचारमाध्यमहरूलाई सम्मान गरिएको क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेलले जानाकारी दिनुभयो ।


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) पर्वतका अध्यक्ष गोपीनाथ तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्यान पर्वतका सचिव खड्कबहादुर गुरूङ’मदन’ले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्यानका उपाध्यक्ष अच्युत पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)