Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3188




‘संघियता कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने’
‘संघियता कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने’

साजन परियार बैशाख २०, पर्वत । संघियता कार्यान्वयनमा सञ्चार माध्यमको गहन जिम्मेवारी हुनेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संघियता कार्यान्वयन र मिडिया सवाल विषयकमा नेपाल पत्रकार महासंघ पर्वतले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा  बोल्ने बक्ताहरुले राज्यको अभिन्न अंग भएकाले संघियता कार्यान्वयनमा सञ्चार माध्यममको भूमिका र कर्तव्य हुनेमा जोड दिएका हुन् ।

 

सुव्यवस्थित ढंगले शासन संचालन गर्ने प्रद्धती सबै केन्द्रमा रहेकोमा हक अधिकारलाई स्थानीय तवरमा पु¥याउने संयन्त्र नै संघियता भएको प्रष्ट्याउँदै सञ्चारमाध्यम जिम्मेवारीवाट विचलीत हुन नहुनेमा जोड दिएका थिए । संघियता कार्यान्वयनको पक्षमा देखिएका जटिलतालाई पत्रकारहरुले सहजीकरण गर्नेपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेलले सञ्चारमाध्यम परिवर्तनका संवाह भएको बताउँदै देशको समृद्धिमा सञ्चारकर्मीको भूमिका अतुलनिय रहको बताउनु भयो । उहाँले गाउँगाउँमा जनताको अधिकार पु¥याएकोमा ति अधिकारको रक्षा र पूर्ण कार्यान्वयन गर्ने जिम्म पनि सञ्चारकर्मीको काँधमा रहेको बताउनु भयो । पौडेलले संघीयता अवसर भएपनि कार्यान्वयन गर्ने क्रममा चुनौतीहरु देखा पर्न सक्ने बताउँदै चुनौतीको सामाना गर्न र सफल कार्यान्वयनकालागि पत्रकारले मध्यस्थता गर्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले अस्थित्वको खोजी गर्ने क्रममा संघीयताका आएको बताउँदै अस्थित्व रक्षाकालागि पनि संघीयताको सफल कार्यान्वयनकालागि पत्रकार र सञ्चार माध्यम चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले समाजलाई कुन दिशामा अंगाडी बढाउने भन्ने कुरा पत्रकारमा पनि रहने भएकाले संविधान र संघीयतालाई सहि दिशामा दिशा निर्देश गर्नकालागि पत्रकारको भूमिका अहम हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले संघीयता कार्यान्वयनका चुनौती धेरै भएपनि तत्काल विषयप्रवेश मात्रै गराईएको र यसलाई निरन्तर बहस र छलफल गरेर अंगाडी बढ्ने बताउनु भयो ।


कार्यक्रममा नेकपा एमाल पर्वतका उपाध्यक्ष भक्त कुवँर, नेपालीका काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेकपा माओवादी केन्द्रका ढाकाराम गौतम, नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पर्वत उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा,प्रेस युनियन पर्वतका सचिव उत्तम अधिकारी, प्रेस चौतरी पर्वतका उपाध्यक्ष कृष्णा अखेली, क्रान्तिकारी महासंघका केन्द्रिय सदस्य संगम शर्मा‘मुरारी’ लगायतले संघीयता कार्यान्वयनमा अवसरसंगै चुनौती पनि उत्तिकै रहेकाले सम्बन्धित सरकारहरु गम्भिर हुनु पर्ने र त्यसमा पत्रकारहरुले खवरदारी गरिरहनु पर्ने भनाई राख्नुभएको थियो ।


नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष प्रनिश गिरी र कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सचिव गणेश गिरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)