Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1954




गरिमा बिकास बैंकको लघुवित्त सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
गरिमा बिकास बैंकको लघुवित्त सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बैशाख २०, पर्वत । गरिमा बिकास बैंक लिमिटेड पर्वत शाखाले आफ्ना लघुुबित्त बिभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।

बैंकका सबैै शाखाहरुबाट लघुुबित्त विभागमा कार्यरत करिब १५० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द्र प्रसाद ढकालले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अवलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । प्रशिक्षक गरिमा बिकास बैंक लघुबित्त बिभागका प्रमुख नविन प्याकुरेलले लघुुबित्त सम्बन्धी प्रशिक्षण दिएका थिए । 


उक्त कार्यक्रममा बैंकले पोखरा, बाग्लुुङ्ग, पर्वत,म्यागदी लगायतका ५९ वटा शाखाबाट करिब २ हजार जना भन्दा बढि अति विपन्न परिवारका महिलाहरुलाई बिना धितो सामुुहिक जमानीमा कृषि, तरकारी तथा अन्य सामान्य जिवीकोपार्जन सम्बन्धी ब्यवसायको लागि लघुुबित्त कर्जा प्रवाह गर्दै आईरहेकोे प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । 


पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,कुश्मा शाखाका प्रमुख प्रेम किशोर अर्याल,फलेवास शाखाका प्रमुख शंकरराज सापकोटा,वाग्लुङ शाखाका प्रमुख ओमप्रकाश पौडेल लगायतले बोलेका थिए । गरिमा बिकास बैंक लघुबित्त कार्यक्रम केन्द्र ५ का प्रमुख प्रभा खड्का श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।


प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य गरिमा कर्जा बिभागका प्रमुख अनुमान श्रेष्ठले गरेका थिए भने सञ्चालन गरिमा बिकास बैंकका स्टाफ कृष्ण्प्रसाद रेग्मीले गरेका थिए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)