Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1514




म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने
म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने

पर्वत २१ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ ।


म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जानकारी दिनुभयो । 


सुन्तलालाई बिशिष्टीकृत बाली मानेर जोन स्थापनाका लागि म्याग्दीबाट निर्वाचित थापाले मन्त्रालयमा पहल गर्नुभएको थियो । “म्याग्दीमा प्रशस्त सम्भावना रहेको सुन्तला खेतीको विकासका लागि यो महत्वपूर्ण उपलब्धि हो” सांसद थापाले भन्नुभयो । 


जोन स्थापनाका गर्नका लागि कम्तीमा ५ सय हेक्टर र सुपर जोन सञ्चालनका लागि एक हजार बढी हेक्टर क्षेत्रफलमा बिशिष्टीकृट बाल उत्पादन हुनुपर्ने व्यवस्था छ । कार्यक्रमले सुन्तला जातका फलफूलको ब्यवसायिक तथा गुणस्तरीय उत्पादन, कृषकलाई आत्मनिर्भर बन्न र बजारीकरणमा जोड दिने जनाइएको छ । 


परियोजनाले जोन क्षेत्रका किसानका लागि कृषि उत्पादन सामाग्री वितरण, साना सिँचाई पूर्वाधार निर्माण, प्राबिधिक सेवा, प्रयोगशाला सेवा, कृषि बजार केन्द्र स्थापना, प्रशोधन तथा संकलन केन्द्र स्थापना, उत्पादन क्षेत्रको विकास लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)