Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1513




गाडी नचल्दा यात्रुलाई समस्या
गाडी नचल्दा यात्रुलाई समस्या

वैशाख २१, पर्वत ।  गाडी कम चल्दा यात्रुले सास्ती पाएका छन् । सिन्डिकेट पक्षधारी व्यवसायीले गरेको आन्दोलनका कारण सडकमा गाडी कम चलेका हुन् । गाडी कम चल्दा काम विशेषले विभिन्न ठाउँमा पुग्नेहरु मर्कामा परेका छन् ।

तर सिन्डिकेटको विपक्षमा रहेका केही कम्पनीका गाडी भने चलेका छन् । कुश्मामा पनि कुनै यातयातका साधन चलेका छैनन् । केही निजी सवारी साधन मात्र चलेका छन् । सरकारले आज गाडी नचलाउने यातायात व्यवसायीलाई कार्वाही गर्ने बताएको छ । यातायात क्षेत्रमा भैरहेको सिन्डिकेट खारेज गरेको सरकारले त्यसविरुद्ध आन्दोलनमा उत्रने यातायात व्यवसायीको रुट परमिट नै खारेज गरिदिने निर्णय गरेको हो ।

सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)