Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1707




धौलागिरी बस समितिका महासचिब ख्याम लामिछाने पक्राउ
धौलागिरी बस समितिका महासचिब ख्याम लामिछाने पक्राउ

बैशाख २१, पर्वत । धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछाने प्रकाउ परेका छन् । 


गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको हो । 


मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन ।


समितिले संस्थागत बिरोेधका लागि आफ्ना गाडी घरमा राखेको बताएका थिए । उनीहरुले समितिका गाडी नचलाएपनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिकृया दिएका थिए । लामिछानेले आफुँलाई घरबाटै पक्राउ गरेको जानकारी दिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)