Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1500




मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी
मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी

वैशाख २१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै हुुनुहुन्छ । उहाँको दुईदिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो । 

विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको वासस्थानका लागि बौद्ध जोरपाटीस्थित होटल हायातलाई छनोट गरिएको छ । वैशाख २८ गते बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बौद्धसम्मको सुरक्षामा विशेष निगरानी राखिनेछ । 

उहाँले यात्रा गर्ने ‘बुलेटप्रुफ’ गाडीको पछुवामा विशेष प्रवधि जडित ‘जामर’ गाडीसहित र दाँया–बाँया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्नेछन् । उहाँले नेपाल भ्रमणको क्रममा प्रयोग गर्ने ‘बुलेटप्रुफ’ गाडी भने भारतबाटै ल्याउन लागिएको हो । उहाँको आन्तरिक ९भित्री० सुरक्षामा भारतीय सेनाको ‘स्पेसल’ कमान्डो खटे पनि त्यसपछिको घेरामा नेपाली सेनाको स्पेसल कमान्डो खटिनेछ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)