Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2924




कुश्मा र फलेवासलाई स्याटेलाईट सिटी बनाउन २० लाख
कुश्मा र फलेवासलाई स्याटेलाईट सिटी बनाउन २० लाख

प्रदेश सरकारले गत बुधबार ल्याएको बजेट तथा वार्षिक कार्यक्रममा पर्वतको कुश्मा र फलेवास नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा विस्तार गर्न २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङले बुधबार संसदमा पेश गरेको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्याटेलाईट सिटीको रुपमा विकास गर्न सम्भाव्यता अध्ययनको लागि उक्त रकम छुट्याईएको छ ।

सरकारले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश भएको ‘रेड बुक’ मा पनि कुश्मा र फलेवास सहित मध्यनेपाल, शुक्लागण्डकी, भिमाद, पुतलीबजारलाई पनि स्याटेलाईट सिटीको रुपमा विकास गर्न समग्रमा रकम विनियोजन गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको पूँजीगत अन्तर्गत यो कार्यक्रम रहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयकै पूँजीगत कार्यक्रम अन्तर्गत सेतीवेणी–मालढुंगा सडकलाई शालिग्राम सांस्कृतिक करिडोरको रुपमा विकास गर्ने गरि रेखांकन गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो करिडोर देवघाट, चापाकोट, सेतीवेणी हुँदै मालढुंगासम्मको रहेको छ ।

यो सडकखण्डको रेखांकन हुन बाँकी रहेको भागको सम्भाव्यता अध्ययन गर्न रकम छुट्याईएको हो ।

यस्तै, मालढुंगा–बेनी सडकखण्डलाई चारलेनमा स्तरोन्नती गर्न सरकारले रेडबुकमा कार्यक्रम समावेश गरेको छ । प्रदेशभित्रका प्रमुख लोकमार्ग र विकासोन्मुख सहसँगको कनेक्टिभिटी व्यवस्थि तगर्न मालढुंगा–बेनी सहित आबुखैरेनी–गोरखा, खैरेनी–भिमाद सडकको पनि स्तरोन्नती गरि चार लेनको सडकको रुपमा विकास गर्न सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को लागि २५ लाख रकम छुट्याएको हो ।

यस्तै उद्योग तथा पर्यटन मन्त्रालयको पुँजीगततर्फको कार्यक्रम अन्तर्गत मालढुंगा–सेतीवेणीमा ¥याफ्टिङ सहित प्रदेशमा रहेका विभिन्न ताल र ¥याफ्टिङको सम्भाव्यता अध्ययनको लागि ३ लाख विनियोजन गरेको छ ।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)