Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1740
नेविसंघ विज्ञान संकायको सभापतिमा निशान्त ढकाल चयन
ने बि संघ पृथ्वीनारायण क्याम्पस विज्ञान संकायको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निर्विरोध रुपमा ४१ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
आईतबार भएको अधिवेशनबाट सभापतिमा निशान्त ढकाल चयन भएका छन् । यस्तै उपसभापतिमा सुस्मा गौतम, सुन्दर अधिकारी र सहदेव पौडेल, सचिवमा शिव चापागाईं चयन भएका छन् । सहसचिवमा सुगम पौडेल, सागर मगर, सरु पौडेल र सुदर्शन लामिछाने तथा कोषाध्यक्षमा रबिना खनाल र सहकोषाध्यक्षमा युवराज पौडेल रहेका छन् । कार्यसमितिमा चयन भएका सबै पदाधिकारीहरु सर्वसहमतिको आधारमा चयन भएका हुन् ।
अधिवेशन नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य गोपाल गुरुङ को प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो
कार्यक्रम विज्ञान संकायका संयोजक नवराज शर्माको अध्यक्षतामा भएको थियो भने सन्चालन शिव चापागाईंले गरेका थिए ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2399
सम्बन्धित समाचार ( मुख्य खबर)
Parbat Nepal © 2026
