Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1835




आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ
आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

पर्वत- आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


गएको वैशाख २० गते राति ८ बजे आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । आमाले भने सहमतिमै करणी भएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)